धनगढी – चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी र प्रकाश जेठाराको स्वारमा “रैबार लैजा ईन्द्रा” बोलको गीत रमेश बिजुली बिसी (डाईरेक्टर) को युट्युब च्यानल मार्फतसार्वजनिक भएको छ।
रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा निर्देशक रमेश बिजुली बिसी र झरना बोहराको अभिनय गरेका छन।
सुदूरपश्चिमको मौलिक पन झल्कने देउडा गीतको प्रेम मल्लको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना प्रकाश जेठाराले गरेका हुन्। पछिल्लो समयमा सामाजिक संजाल टिकटक र फेसबुकको रिलहरु उल्लेख्य सहभागिता रहेको रैबार लैजा ईन्द्राको गित राम्रो नै बनेको निर्देशक रमेश बिजुली बताउछन ।
यसपटक पनि उनीहरूले माया प्रेमका कथा बेथालाई देउडा गीत मार्फद देखाउन खोजेका छन । यस गीतको म्युजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी कैलालीको गोदावरी, अत्तरियामा छायाङ्कन गरीएको हो। उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ।





