यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रिपब्लिक मिडियालाई धराशयी गराइदिने परराष्ट्रमन्त्री राणाको धम्की
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रिपब्लिक मिडियालाई धराशयी गराइदिने परराष्ट्रमन्त्री राणाको धम्की
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिराष्ट्रिय

रिपब्लिक मिडियालाई धराशयी गराइदिने परराष्ट्रमन्त्री राणाको धम्की

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३०, शुक्रबार ०९:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएकी छन्।

राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएकी हुन्।

काठमाडौंको हिल्टन होटलसम्बन्धी समाचार सामग्री प्रसारण गरेका कारण पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेको समाचारका विषयमा परेको उजुरी आधारमा प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी  लिएर प्रहरी परिचालन गरिसकेको छ। पाठकविरुद्ध उजुरी जयवीरले दिएका हुन्।

यसैसम्बन्धी समाचार विवरण नागरिक र रिपब्लिकामा छापिएपछि परराष्ट्रमन्त्री राणा छाप्न नहुने भन्दै ज्ञवालीसँग आक्रोशित भएकी हुन्। ज्ञवालीले आफूलाई समाचारसम्बन्धी विषय जानकारी नहुने बताउँदा राणाले एकोहोरो करिब चार मिनेट गालीगलौज गरेकी थिइन्। 

राणाले पाठकको दर्ता नभएको युट्युब च्यानलबाट समाचार सामग्री आएका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही चलाउनुपरेको खुलासासमेत गरेकी थिइन्।

समाचार छापेको विषयमा परराष्ट्रमन्त्री राणाले दिएको धम्की सम्बन्धमा ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल, मानव अधिकार आयोग, पत्रकारिता र पत्रकारको सुरक्षाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्स, युएन वुमन र नेपालस्थित युनेस्को कार्यालयलाई समेत जानकारी गराएकी छन्। राज्य संयन्त्र प्रयोग गरेर निर्देशक ज्ञवालीलाई दिइएको धम्कीप्रति नेपाल रिपब्लिक मिडियाले गम्भीर खेद प्रकट गर्दै आवश्यक छानबिनको माग गरेको छ। नागरिकबाट

अघिल्लो लेख कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित
अर्को लेख मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई शतप्रतिशत छात्रवृत्ति, मासिक २० हजार भत्ता पनि दिइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीपर्यटनराष्ट्रिय

धनगढीका ‘बुढापाका’को आशीर्वाद पाइरहेका मेयर हमाल

२०८२ जेष्ठ ५, सोमबार ०९:१२ गते
राष्ट्रिय

केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

२०८१ पुष १, सोमबार ०८:२३ गते
राष्ट्रियसमाचार

अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

२०८२ पुष १८, शुक्रबार १२:०७ गते
राष्ट्रिय

हेलिकप्टर दुर्घटना : शवको पोस्टमार्टम गरिंदै

२०८१ श्रावण २४, बिहीबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?