चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।
नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।
राजमार्ग दुईतर्फी सडक खुल्न अझै केही समय लाग्ने उनले बताए ।





