यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ८, मंगलवार १३:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो ।

सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको बताए । सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्यबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् ।

सीआईबीको टोलीले टेक्निकल तथा प्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ । पूर्वराज्यमन्त्री रायको हत्या भएको जानकारी पाउनसाथ प्रहरी चौकी मोहनापुर, इलाका प्रहरी कार्यालय केशरगञ्ज, जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश कार्यालयको टोली खटिएको थियो ।

अहिले यो घटनालाई तीन वटा युनिटले अनुसन्धान सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेशको टोली र सीआईबीको टोलीबाट घटनाको अनुसन्धान भइरहेकोे छ ।

तालिम प्राप्त कुकुरको सहायताले यसअघि हत्यामा प्रयोग भएको हतियार बरामद गर्नुबाहेक प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । रायको घरबाट उत्तर–पश्चिमतर्फको करिब ५० मिटर टाढाको बाँस झाङबाट रगत लतपतिएको घरेलु हतियार बरामद भएको थियो ।

रायकै घरमा उनको सहयोगीको रुपमा बसेका २१ वर्षीय राम उदेन रायलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । आइतबार राति साढे ९ बजेतिर ३ जनाको समूह जग्गा विवाद मिलाइदिन भन्दै आएको उनले प्रहरी समक्ष बताएका छन् । ३ जना समेत रायकै घरमा सुत्ने बताएपछि आफू छतमा गएर सुतेको र घटनाबारे केही पनि जानकारी नभएको उनको भनाइ छ ।

रायको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

अघिल्लो लेख प्रहरी हुँ भन्दै रकम मागेको आरोपमा एकजना पक्राउ
अर्को लेख कैलालीमा बाढीका कारण चैते धान खेतमै नष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल

२०८१ पुष १६, मंगलवार १२:०३ गते
राष्ट्रिय

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ६ महिनामा १२३३ जनाको मृत्यु

२०८१ फाल्गुन ६, मंगलवार ११:१४ गते
राष्ट्रियसमाचार

आफ्नो श्रीमतीलाई आँखा लगाएको भन्दै दाजुले गरे भाइको हत्या

२०८२ असार १३, शुक्रबार १२:०५ गते
राष्ट्रियसमाचार

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

२०८२ आश्विन २१, मंगलवार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?