यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १९, शनिबार ०९:२८ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाको विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हो ।

विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने राष्ट्रिय सचिव जानकी आचार्यले बताइन् ।

भारत सरकारको र भारतीय जनताहरूको सहयोगमा विद्यार्थी परिषद्, सेवा र विकासका लागि युवाको समन्वयमा विद्यार्थी परिषद्ले देशको १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरको उक्त शैक्षिक सामग्री वितरण गर्न गइरहेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले पत्रकार सम्मेलनमा बताए ।

विद्यार्थी परिषद्ले विगत तीन वर्षदेखि देशको अलग अलग क्षेत्रका जिल्लाहरूमा रहेको सामुदायिक र सरकारी विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई , शैक्षिक व्याग, कपि, पेन, टोपी, प्राज्ञिक अङ्ग्रेजी सिकाइ पुस्तक, नेपाली बृहत् शब्दकोष लगायतको शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकोले यस वर्ष पनि विगतका वर्षहरूझैँ अलग अलग १६ वटा जिल्लाहरूको सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको महासचिव पंगेनीले बताए ।

विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए ।

नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि वस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख न्यौपानेले जानकारी दिए ।

२०५२ सालदेखि शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठनको रूपमा विद्यार्थी, शिक्षक र शिक्षाविद्माझ कार्य गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले हालसालै पनि देशका सातवटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखि शिक्षाक्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको थियो ।

विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागाएतको उपस्थिति रहेको थियो ।

अघिल्लो लेख शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती
अर्को लेख कञ्चनपुरमा बस दुर्घटना हुँदा ५ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सुनसरीमा मोटरसाइकल एक आपसमा ठोक्किंदा ३ जनाको ज्यान गयो, २ जना घाइते

२०८२ असार १५, आईतवार ११:०५ गते
राष्ट्रिय

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

२०८२ बैशाख १०, बुधबार ११:१० गते
बैतडीराष्ट्रिय

मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने

२०८१ श्रावण ३, बिहीबार १२:११ गते
कैलालीराष्ट्रिय

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

२०८१ श्रावण २८, सोमबार ०७:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?