यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजु पाण्डेको पक्षमा किन जारी भयो आदेश ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजु पाण्डेको पक्षमा किन जारी भयो आदेश ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

राजु पाण्डेको पक्षमा किन जारी भयो आदेश ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ५, बिहीबार ०९:२३ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं– उच्च अदालत पाटनले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

दुवै पक्षको सुनुवाइपछि जारी भएको उच्च अदालतको त्यो आदेश रिट निवेदनको टुंगो नलागेसम्म निरन्तर कार्यान्वयन हुनेछ । उच्च अदालतको आदेशपछि नगर प्रहरी प्रमुख पाण्डे तत्काल काममा फर्किन पाउनेछन् ।

उनको ठाँउमा अर्को व्यक्तिलाई नगर प्रहरी प्रमुख तोक्ने निर्णय पनि अब रोकिने भएको छ । उच्च अदालतको यो आदेशले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई नैतिक बल मिलेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव सरोज गुरागाईंलाई महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा गरेको थियो । पुरानो बसपार्कस्थित काठकाडौं टावरबारे गुरागाईंले गरेको निर्णयमा प्रश्न उठाई मेयर बालेनले उनलाई नियमित कामबाट अलग गरेका थिए ।

बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै मेयर बालेनले गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सरकारलाई आग्रह गरेका थिए । तर सरकारले गुरागाईं नै आधिकारिक प्रमुख प्रशासकीय अधिकृत रहेको भन्दै उनलाई नै काम गर्ने वातावरण दिनुपर्ने भनेको थियो ।

२१ चैत, २०८१ मा प्रमुख प्रशासकीय अधिकृत महानगरका अरु जनप्रतिनिधि र कर्मचारीसहित आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए । त्यसक्रममा राजुनाथ पाण्डेले नेतृत्व गरेको नगर प्रहरी टोलीले उनलाई कार्यकक्षमा प्रवेश गर्न अवरोध गरेको थियो । त्यसक्रममा आफूमाथि हुलहुज्जत र हातपात भएको गुरागाईंको दाबी थियो ।

गुरागाईं कार्यकक्षमा प्रवेश गरेपछि आफूमाथि अवरोध गर्ने पाण्डेमाथि छानबिन अघि बढाउँदै स्पष्टीकरण सोधेका थिए । त्यसक्रममा उनले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । निलम्बित प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्णय विरुद्ध उच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

न्यायाधीशहरु ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले ‘नियमितभन्दा बढी भिडभाड रहेको महानगर परिसरमा सुरक्षाको प्रबन्धसम्म गरेको’ भन्ने पाण्डेको दावीलाई स्वभाविक रुपमा लिएको देखिन्छ ।

उच्च अदालतले आदेशमा भनेको छ, ‘काठमाडौँ महानगरपालिका, महानगर प्रहरी बलको वरिष्ठ नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेकोमा निज (पाण्डे)को पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने समेत रहेको देखिन्छ ।’

सुविधा र सन्तुलतको दृष्टिकोणले हेर्दा उनलाई निलम्बन गर्नुपर्नेसम्मको अवस्था नभएको भन्दै उच्च अदालत पाटनले उनलाई काममा फर्काउन आदेश दिएको हो । उच्च अदालतले निलम्बनको पत्र कार्यान्वयन नगरी यथास्थितीमा राख्न, उनलाई आफ्नो पदमा काम गर्न दिन आदेश दिएको हो ।

दुवै पक्षको सुनुवाइपछि संयुक्त इजलासबाट जारी भएको अन्तरिम आदेश मुद्दाको टुंगो नलागेसम्म यथावत हुनेछ । अदालतको आदेश अनुसार उनले यसअघिकै जिम्मेवारी अनुसार महानगर प्रहरीको प्रमुखको हैसियतले काम गर्न पाउनेछन् ।

अघिल्लो लेख मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्
अर्को लेख कैलाली कारागारका कैदीको मृत्यु घटना : सहायक प्रजिअको नेतृत्वमा छानबिन समिति गठन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

२०८२ असार २४, मंगलवार ०७:५८ गते
अर्थ-वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

२०८२ बैशाख ४, बिहीबार १४:२५ गते
अर्थ-वाणिज्य

आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

२०८१ पुष २८, आईतवार ११:०५ गते
समाचार

कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

२०८१ श्रावण १३, आईतवार ११:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?