यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ८, बुधबार १०:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति, सुरक्षा कायमका लागि पाँच हजार ७७ प्रहरी परिचालन गरिएको छ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो। जेनजी प्रदर्शनको क्रममा कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिर निस्केकाले सुरक्षा चुनौती थपिएको निष्कर्षसहित फरक रणनीतिका साथ प्रहरी परिचालन गरेको जनाइएको छ।

प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक ९डिआइजी०, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को कमाण्डमा प्रहरी खट्ने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। यसैगरी, प्रत्येक जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षाका लागि प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

उनका अनुसार चाडपर्वमा सुरक्षा चेकजाँचमा कडाइका साथै मापसे चेकजाँच गरिने छ। चाडपर्वको बेला दुर्घटना न्यूनीकरणमा पनि प्रहरीको विशेष ध्यान रहने जनाइएको छ। कारागारबाट कैदी फरार हुँदा सुरक्षा चुनौती थपिएकाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा विशेष निगरानी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले बताए।

उनले फरार कैदी पक्राउका लागि प्रत्येक जिल्लाका प्रहरीलाई सर्कुलर गरेको जानकारी दिए। चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहयोगका लागि प्रदेशभर ६५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जसमा २०९ प्रहरी खटेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

अघिल्लो लेख नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने
अर्को लेख कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

२०८१ माघ २५, शुक्रबार १२:३३ गते
कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

धनगढीको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न चार जना पक्राउ

२०८१ असार १९, बुधबार २०:३२ गते
राजनीतिसमाचार

सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, आन्दोलनको चेतावनी

२०८२ जेष्ठ २३, शुक्रबार ११:३३ गते
कैलाली

कैलालीमा भित्र्याउन नपाउँदा खेतमै उम्रियो चैते धान

२०८१ भाद्र २, आईतवार १२:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?