यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ५, शनिबार १७:१५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीका नदीमा दुर्लभ डल्फिन देखिन थालेको छ। नदीमा जलस्तर बढेसंगै मोहना, पथरैया, कांडा लगायतका नदीमा डल्फिन देखिन थालेका हुन्।

नदीमा हरेक मनसुनमा डल्फिन देखिने गर्दछ। यो वर्ष अहिले कम्तीमा ठुला र सानागरी १२/१४ वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए। टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोल नजिकै रहेको पथरैया र काडा नदीको दोभानमा यतिबेला डल्फिन देखिएको बताए।

गतवर्ष यहाँको नदीमा असार दोस्रो साताबाट डल्फिन देखिन थालेका थिए। तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले केही ढिलो गरी कैलालीको नदीहरुमा डल्फिन देखिन थालेको हो। ढुङ्गानाका अनुसार मनसुनभरि नै यहाँको नदीमा डल्फिन हेर्न सकिन्छ।

नदीमा जलस्तर बढ्दै गएपछि कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको बताइन्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन)ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ। विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउँछन्।

गङ्गेटिक डल्फिन स्वच्छ पानीमा बस्न र बिहार गर्न रुचाउँछन्। माछालगायतका जलीय जीव डल्फिनको आहारा हुन। कैलालीमा झन्डै तीन दशकदेखि स्थानीयस्तरबाट डल्फिनको संरक्षण हुँदै आएको छ। भोजराज श्रेष्ठको अगुवाइमा संरक्षण कार्य हुँदै आएको हो।

प्राणीविद् मुकेशकुमार चालिसेको अगुवाइ र स्थानीयको सहभागितामा यहाँको नदीमा दुई पटक डल्फिन गणना गरिएको छ। सन् २०१६ मा गणना गर्दा वयस्क र बच्चा गरी ६२ र २०१८ को गणनामा ३७ वटा डल्फिन फेला परेको अभिलेखमा उल्लेख गरिएको छ।

कैलालीका नदीहरुमा डल्फिलका लागि आहाराको कमी हुुँदै गएर डल्फिनलाई असर परेको बताइन्छ। डल्फिनको आहारा प्रजातिमा ह्रास आउनुको मुख्य कारण मानवीय गतिविधि नै रहेको छ। महाजाल हालेर माछा मार्ने, खेतमा अत्यधिक विषादी हाल्ने लगायतको कारणले डल्फिनलाई असर पुगेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा
अर्को लेख धनगढीमा रहेको कपडा बैंकलाई १८२ थान कपडा सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

२०८१ चैत्र ११, सोमबार ०९:५० गते
कैलाली

शनिवारीय महिला उद्यम बजार बन्द भएको हल्ला भ्रम मात्र हो-नगर प्रमुख हमाल

२०८१ चैत्र १, शुक्रबार ११:२४ गते
कैलालीसमाचार

कैलालीमा दुई लाखसहित ८ जुवाडे पक्राउ

२०८२ भाद्र ५, बिहीबार ११:०८ गते
खेलकुद

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

२०८१ मंसिर १८, मंगलवार ०८:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?