यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

धनगढी उपमहानगरबाट दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्ष पाँच–पाँच लाख सहयोग, सार्वजनिक अभिव्यक्ति र तथ्यमा फरक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २९, आईतवार १६:०३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :धनगढी उप–महानगरपालिकाले दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्षदेखि आर्थिक सहयोग गर्दै आएको तथ्य सार्वजनिक भएको छ।

तर पनि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट र कैलालीको गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले भने उपमहानगरले कुनै सहयोग नगरेको दाबी गर्दै आएका छन्।

गत असार २२ गते कैलालीको अत्तरियामा दृष्टि फाउन्डेसनले सञ्चालन गरेको वृद्धाश्रम उद्घाटन गर्दै गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले फाउन्डेसनलाई सहयोग नगरेको जिकिर गरेका थिए। उनले, ‘धनगढी नगरले नदिएपछि कल्पना भट्टको अनुरोधमा मैले नै सहयोगको पहल गरेको हुँ,’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले पूर्व नगर प्रमुख नृपबहादुर वडले दृष्टि फाउन्डेसन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गरेका थिए।

तर उपमहानगरपालिकाको आर्थिक अभिलेखमा भने उनीहरूको अभिव्यक्तिसँग मेल नखाने तथ्य फेला परेको छ। अभिलेखअनुसार, धनगढी उपमहानगरपालिकाले २०७९ सालदेखि निरन्तर तीन वर्षसम्म दृष्टि फाउन्डेसनलाई आर्थिक सहयोग गर्दै आएको छ।

पहिलो वर्षको सहयोग (२०७९/८०)

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम २०७९ असार २५ गते फाउन्डेसनलाई पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा भएको अभिलेखमा उल्लेख छ।

धनगढीका वर्तमान नगर प्रमुख गोपाल हमाल २०७९ बैशाखमा निर्वाचित भएका हुन्। उनी निर्वाचित भएलगत्तै यो सहयोग गरिएको हो।

दोस्रो वर्षको सहयोग (२०८०र८१)

आर्थिक वर्ष २०८०/८१ मा पनि उपमहानगरपालिकाले ‘डक आश्रित मानव/बाल लक्षित विकास कार्यक्रम’ अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यो रकम २०८१ साल जेठ २ गते कर कट्टी गरेर फाउन्डेसनको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ। खर्च शीर्षक ३११२३ बाट यो रकम सहयोग गरिएको हो।

तेस्रो वर्षको सहयोग (२०८१र८२)

चालु आर्थिक वर्ष २०८१र८२ मा पनि उपमहानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। यो रकम २०८१ साल जेठ ५ गते भुक्तानी गरिएको हो।

सार्वजनिक अभिव्यक्तिमा भ्रम?

कल्पना भट्ट र विरेन्द्र भट्टले २०७९ पछि फाउन्डेसनले कुनै सहयोग नपाएको दाबी गर्दै आइरहे पनि उपमहानगरपालिकाको भुक्तानी विवरणले भने यो दाबी गलत भएको पुष्टि गर्छ। तीन वर्ष लगातार फाउन्डेसनको खातामा रकम पठाएको देखिएको छ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको कार्यपालिकाले ुसडक आश्रित मानव सहयोग कार्यक्रमु मार्फत फाउन्डेसनलाई सहयोग दिँदै आएको अभिलेखमा स्पष्ट छ।

अब दृष्टि फाउन्डेसनले सहयोग पाएको वा नपाएको भन्ने विषयमा उठेको विवादले थप चर्चा पाउने देखिएको छ।

अघिल्लो लेख रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे, स्पेन प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग
अर्को लेख देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

२०८१ मंसिर ९, आईतवार १३:४३ गते
कैलालीखेलकुद

रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे

२०८२ बैशाख ९, मंगलवार १९:२७ गते
कैलाली

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

२०८१ श्रावण ५, शनिबार १७:१५ गते
राष्ट्रिय

शिक्षकलाई ललितपुर महानगरको उर्दी-भोलिदेखि पठनपाठन थाल्नू

२०८२ बैशाख १५, सोमबार १७:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?