यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

रामचन्द्रको क्रिकेट मोह- खेल खेलाउँदाको ऋण स्कूल बेचेर तिरे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ९, मंगलवार १९:२७ गते
SudarshanTelevision
8 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । ‘अब म क्रिकेटमा लाग्दिनँ होला सर’ दुई वर्ष पहिले रामचन्द्र शाहीले होटेल इमेजमा सुनाए । २०७३ सालदेखि अनवरतरूपमा उमेर समूहका र सिनियर टीमको प्रत्येक प्रतियोगिता आयोजना गरिरहेका छन् शाही । लिटिल फ्लावर प्रिमियर लिग आठौँ संकरणको तयारी गरिरहेका बेलादेखि भने अलि निराश देखिए ।

‘क्रिकेटले नाम र दाम दुवै दिएको छ । किन निराश हुनुहुन्छ ?’

‘धनगढीको क्रिकेट, लिटिल फ्लावर र म नामबाट त सन्तुष्ट नै छौँ । तर, दाम‘’उनी रोकिए । केही बेरको मौनतापछि फेरि भने, ‘८ वर्षसम्म निरन्तर प्रतियोगिता आयोजना गर्दा अहिलेसम्म प्रतियोगिताको स्तर अनुसारको आर्थिक सहयोग पाउन सकेको छैन । सरकारले चासो दिँदैन । तर, क्रिकेट गराउने हुटहुटी नमर्ने रहेछ । अब त म लाग्दिनँ कि’, उनी फेरि रोक्किए । ठूलो धनराशीमा हुने धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता रोकिएका बेला क्रिकेटका गतिविधि गरिरहन सहज भने थिएन । संरचना अभावको समस्या झेलिरहेको क्षेत्रमा ठूलो लगानी गरेर प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गरिरहेका शाहीलाई अनेक समस्या आइलाग्दा पनि धनगढीमा क्रिकेटको क्रेज बढाउन उनी लागिरहे ।

सरकारले खेलकुदको लागि विनियोजन गरेको रकमबाट पनि खेलकुदको गतिविधि गर्न नसकिरहेको बेला उनी सरकारी बजेटविनै धनगढीमा क्रिकेट गराउँदै आए । चरम आर्थिक संकटले क्रिकेट छोड्नेसम्मको योजनामा पुगेका उनलाई क्रिकेट मोहले भने छोड्न सकेन । करिब १० वर्षसम्म लिटिल फ्लावर प्रिमियर लिगबाट ५० लाखभन्दा बढी नोक्सानी बेहोरेका शाही पुनस् संस्कार क्रिकेट लिगमार्फत मैदानमा उत्रिएका छन् । संस्कार विद्याश्रम मन्टेश्वरी स्कूलमा सल्लाहकारसमेत रहेका शाहीले फाप्ला क्रिकेट मैदानमा चैत ३० गतेदेखि संस्कार क्रिकेट लिग आयोजना गरिरहेका छन् ।

विजेतालाई १ लाख ११ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र उपविजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५५५ ,उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उदीयमान खेलाडीलाई जनही ३ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच जित्ने खेलाडीलाई १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान भइरहेको छ । त्यसैगरी प्लेयर अफ द फाइनललाई २ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

क्रिकेटबाट विश्राम लिने मनस्थितिमा पुगिसक्नु भएको थियो । फेरि आयोजना गर्नु भएछ नि १ यो जिज्ञासामा उनले भने, ‘खेलकुद एउटा नशा रहेछ । आफू सबै सकिएर पनि यो क्षेत्र छोड्न नसकिने रहेछ ’, उनले भने, ‘अहिले यो संस्करण सुरू गर्दा पनि म करिब ८र९ लाख घाटामा छु । तर, प्रतियोगिता भइरदा आनन्द भइरहेको छ ।’ आफूले आयोजना गरेका प्रतियोगितामै डेब्यू गरेका क्रिकेट खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्दा उनी उत्साहित हुन्छन् ।

‘धनगढीमा क्रिकेट सिकेका खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनु नै हाम्रो उपलब्धी हो’ उनले भने, ‘ती प्रतियोगितामा हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेको देख्दा म यहाँ दुखले प्रतियोगिता आयोजना गरेको भुल्छु । ’ पहिलो पटक २०७३ सालमा ३० हजार पुरस्कार राशिबाट धनगढीमा उमेर समूहको क्रिकेट प्रतियोगिता आयोजना सुरू गरेका शाहले आठौँ संस्करणसम्म पुग्दा पहिलो संस्करण आयोजना गर्दाका कूल खर्च बराबरको पुरस्कार राशी नै राखेका थिए ।

२०७३ सालमा लिटिल फ्लावर प्रिमियर लिगको पहिलो संस्करण सुरू गर्दा उमेर समूहको खेलमा क्रेज थिएन । बिस्तारै एलपीएलले उचाइ लिँदै गयो शाहीको मनोबल पनि बढ्दै गयो । त्यही मनोबल र केही साथले निरन्तर आठ वर्षसम्म एलपिएल आयोजना गरेर उनले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरे । सुरूमा कैलाली र कञ्चनपुरका विद्यार्थीबीच क्रिकेट आयोजना गर्ने उनले देशभरबाट विद्यार्थी टीम सहभागी हुने गरी प्रतियोगिता सञ्चालन गर्न थाले । ‘स्कुलमा पढ्नमात्र होइन, हरेक क्षेत्रमा भविष्य बनाउन सकिन्छ भन्ने लागेर खेलकुदसँगै अरू प्रतिभावान् विद्यार्थीसँग काम गर्न थालेँ,’ उनले भने । पहिलो सिजनका प्लेयर अफ दि सिरिज बनेका नारायण जोशी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । दोस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका किरण कुमार ठगुन्ना र तेस्रो संस्करणमा प्लेयर अफ दि सिरिज बनेका शेर मल्ल देशकै उदीयमान खेलाडीका रूपमा चिनिएका छन् ।

एलपिएलमा शतक हानेका खडक बोहरा राष्ट्रिय टोलीमा छन् । यस्तै लोकेश बमले व्यवसायिक क्रिकेट खेलिरहेका छन् । सुरज तिरुवा, सचिन भट्ट, युवराज कुँवरलगायतका खेलाडीलाई पनि एलपीएलले नै चिनायो । क्रिकेटबाट दुई वर्ष पर रहेका उनले शारदा फुटबल लिग पनि आयोजना गरेका थिए । फुटबलले मन तान्न नसकेपछि फेरि क्रिकेटमा लागेका शाही भन्छन्, ‘मेरो नसामा रगतसँगै क्रिकेटको क्रेज बगेको जस्तो लाग्छ ।’ क्रिकेट आयोजना गर्दा लागेको ऋण तिर्न लिटिल फ्लावर हाइस्कूल समेत उनले बिक्री गरे । त्यसपछि क्रिकेटबाट टाढा रहने योजना बनाए । तर, क्रिकेट मोहले भने उनलाई टाढा जान दिएन । फेरि यस वर्षदेखि लिएर आए संस्कार क्रिकेट लिग ।

२०७१ सालमा प्रावि तहको शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकालेका शाही सरकारी सेवा त्यागेर क्रिकेटबाट सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागिपरेका थिए । तर, सरकारी निकायको उदासीनताले उनको उद्देश्य र लक्ष्यलाई मलजल गर्न सकेन । शाही अहिले दुर्गा भवानी मावि जमुनाभाडीमा पढाउँछन् । आफ्नो बचेको समयमा उनी क्रिकेटको क्रेज बढाउन लागिरहेका छन् । सरकारी शिक्षकमा नाम निकालेर पनि सेवामा नगएका उनी १० वर्षपछि फेरि शिक्षक सेवा आयोगको तयारीमा जुटेका छन् । लिटिल फ्लावर बिक्री गरेपछि शाहीले शारदा विद्या निकेतन सुरू गरे । त्यसपछि संस्कार विद्याश्रम मन्टेश्वरी स्कूल । अहिले उक्त मन्टेश्वरी स्कूल उनको धर्मपत्नी लक्ष्मी चन्द शाहीले चलाइरहेकी छन् । रामचन्द्र त्यसको सल्लाहकार हुन् ।

‘क्रिकेट मेरो रहर हो । शिक्षण मेरो पेसा हो । अहिले दुबैलाई सँगै लैजाने प्रयास गरिरहेको छु’ उनले भने, ‘मेरो रहर र पेसा दुवैलाई मेरो जीवनसाथीको साथ छ ।’ नेपालप्रेसबाट

अघिल्लो लेख अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान
अर्को लेख भारतको जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍यो निन्दा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

२०८१ पुष २७, शनिबार ०९:४७ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ पुष १३, शनिबार १५:५७ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

२०८२ असार १४, शनिबार १३:०२ गते
कैलाली

कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ

२०८२ बैशाख २१, आईतवार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?