यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा : अझै केही दिन देशैभर पानी पर्ने सम्भावना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा : अझै केही दिन देशैभर पानी पर्ने सम्भावना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा : अझै केही दिन देशैभर पानी पर्ने सम्भावना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार १०:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

मधेश प्रदेशमा पनि मौसम आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यस्तै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले काठमाण्डौं उपत्यकासहित देशैभर पानी पार्ने प्रणाली थप सक्रिय भएको हो । काठमाण्डौं उपत्यकामा अहिले घाम लागे पनि वर्षाको सम्भावना भने कायमै छ ।

प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताए । यो वर्षको हिउँदयाम सुक्खा नै बिते पनि प्रि–मनसुन शुरू भएपछि भने दिनहुँजसो पानी परिरहेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई राष्ट्रियसभाको निर्देशन
अर्को लेख स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चारजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

देशका धेरैजसो ठाउँमा वर्षा, पछिल्लो एक घण्टामा रुकुमकोटमा सबैभन्दा धेरै पानी पर्‍यो

२०८२ असार २९, आईतवार १६:२७ गते
राष्ट्रियसमाचार

गाडी बन्दको मौका छोपी बढी भाडा लिने चालक कारबाहीमा

२०८२ जेष्ठ २०, मंगलवार १०:२७ गते
राष्ट्रियसमाचार

सुरु भयो सोह्रश्राद्ध

२०८२ भाद्र २३, सोमबार १०:४० गते
राष्ट्रिय

आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव

२०८१ मंसिर २१, शुक्रबार ०७:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?