यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १७, आईतवार १०:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौंको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ ।

सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब बढेको हो ।

मुख्य राजनीतिक दलहरुले पनि हिंसात्मक घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा विपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घटनाको मुख्य दोषी ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका हुन् ।

नेपाली कांग्रेसको हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सबै घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको छ । हिंसा भड्काउने र हिंसामा सामेल हुने सबैलाई कानूनी कारबाहीको दायरामा अविलम्ब ल्याउन कांग्रेसले माग गरेको छ ।

यसअघि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारको राजावादीले दुरुपयोग गरेको बताएका थिए । नेकपा एमालेले पनि तीनकुने क्षेत्रमा देखाइएको उद्दण्डता, अराजकता र हिंसाको भत्र्सना गर्दै लोकतन्त्रका पक्षमा र पश्चगमनको दुष्प्रयासविरुद्ध गोलबन्द हुन सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली नागरिकलाई आग्रह गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वराजा पक्षधरबाट भएका निजी तथा सार्वजनिक सम्पत्तिमाथि लुटपाट र आगजनीजस्ता गतिविधिलाई अक्षम्य भनेको छ । एकीकृत समाजवादीले पनि अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने भन्दै राजावादीको गतिविधिबारे सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन आह्वान गरेको छ ।

यसैबीच सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताएका छन् । हिजो पोखरामा भएको कार्यक्रममा उहाँले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताएका हुन् ।

अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिए ।

अघिल्लो लेख कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो, १५ जना भन्दा धेरै घाइते
अर्को लेख कञ्चनपुरको सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक ४, आईतवार १७:४३ गते
राजनीतिसमाचार

एमालेले बोलायो सचिवालय बैठक

२०८२ असार ३२, बुधबार ११:३८ गते
राजनीति

फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको मेयर बालेन शाहको गुनासो

२०८१ कार्तिक ३०, शुक्रबार १४:४१ गते
राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन

२०८२ जेष्ठ २९, बिहीबार ११:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?