यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरको सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १७, आईतवार १०:४६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ।

नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रण गर्नका लागि जैविक तटबन्ध निर्माण अगाडि बढाइएको हो।

ग्याविन जाली र ढुङ्गाको प्रयोग गरी निर्माण गरिने तटबन्धभन्दा जैविक तटबन्ध सस्तो र भरपर्दो हुने भएकाले वर्षातमा नदीको बाढीले जग्गा कटान रोक्न जैविक तटबन्ध निर्माण थालिएको शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। ‘विगत सात वर्षदेखि नदीमा जैविक तटबन्ध निर्माण हुँदै आएको छ’, उनले भने, ‘यस वर्ष वडाबाट रु एक लाख ८६ हजार बजेट विनियोजन गरी १७५ मिटर लामो जैविक तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण भइरहेको छ।’

यही लम्बाइको ग्याविन जालीको प्रयोग गरी बनाइने तटबन्धमा ३० लाख बढी खर्च लाग्ने उल्लेख गर्दै वडाध्यक्ष चौधरीले जैविक तटबन्ध केही सस्तो हुने बताए। निर्माणमा संलग्न उपभोक्ता समितिका सदस्य आशाराम चौधरीले वडाले प्रदान गरेको रकमबाट बाँस खरिद गर्न, ढुवानी गर्न, ड्रिल गर्न र बाँसका चोया बाध्न खर्च भइरहेको बताए। उनले तटबन्ध निर्माणमा स्थानीय बासिन्दाले श्रमदान गरी सहयोग गरिरहेका बताए।

जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच जना श्रमिकलाई खटाइएको छ। श्रमिकले ५० हजार एक सय बराबरको १५ दिनसम्म काम गर्ने प्राविधिक टेकेन्द्रप्रसाद भट्टले बताए। ‘तटबन्धलाई बलियो बनाउन बाँसका चोया बाँधेको ठाउँको बीचबीच भागमा बोरीमा बालुवा भरेर राख्ने गरिरहेका छौँ”, उनले भने, ‘तटबन्ध निर्माण गरिएको ठाउँमा गहिरो जरा हुने घाँस प्रजातिका बिरुवा रोपेर थप बलियो बनाउने छौँ।’

तटबन्धलाई बलियो र भरपर्दो बनाउन दैनिक अनुगमन हुँदै आएको वडासचिव श्याम चौधरीले बताए। उनले वडाले प्रत्येक वर्ष जैविक तटबन्ध निर्माणका लागि बजेट विनियोजन गर्दै आएको बताएका छन्।

सात वर्षको अवधिमा दातृ निकायसँगको साझेदारीमा वडा कार्यालयले करिब एक हजार मिटर लम्बाइका जैविक तटबन्ध निर्माण गरेको छ। तटबन्ध निर्माणले किसानको जग्गा भूक्षय हुनबाट जोगिनुका साथै नदीले बर्सेनि कटान गर्दै आएको जग्गा जोगिएको स्थानीय बताउँछन्।

अघिल्लो लेख पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब
अर्को लेख सरकारले ल्याएका पाँचवटा अध्यादेश निष्क्रिय हुने जोखिम, प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलालीबाट ८५ हजार र कञ्चनपुरबाट ७ लाखका अवैध सामान बरामद

२०८२ जेष्ठ १०, शनिबार १०:३२ गते
कञ्चनपुरराष्ट्रियसमाचार

कञ्चनपुरमा मौसम सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

२०८१ असार २५, मंगलवार १३:५४ गते
कञ्चनपुरसमाचार

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

२०८२ जेष्ठ २२, बिहीबार ११:०२ गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १२, बुधबार १०:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?