यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १७ बिहीबार
2026, Apr 30, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २९, सोमबार १३:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : देशका विभिन्न स्थानमा भएका पछिल्ला सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।

मकवानपुर, बाँके, धनुषा, रुपन्देही र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

मकवानपुर,मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना.१ क ९२५० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने खडकबहादुर थिङकी छोरी २ वर्षीया पूजा थिङको आइतबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके,जानकी गाउँपालिका-३ इन्द्रपुरस्थित सडकमा इन्द्रपुरबाट कर्मौनातर्फ जाँदै गरेको भे.१ त ९८२६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने २८ वर्षीय रफिक जोलाहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा,सबैला नगरपालिका-१० सिमराढीस्थित सडकमा बा.प्र.०१-०२७ च ८२२९ नम्बरको कार र ज.११ प ७७९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सबैला नगरपालिका-९ भठियन बस्ने २१ वर्षीय अमनकुमार साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल जनकपुरतर्फ पठाइएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा युपी ५५ डि ६९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत महाराजगंज प्रशामलिक थाना ग्रामपोष्ट बस्ने २६ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तु,बुद्धभूमि नगरपालिका-२ बड्हरा पुल नजिक सडकमा बा.प्र.०३-००१ ख २२२० नम्बरको ट्रकले लु.९१ प ३१४३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरूसिंगे बस्ने २० वर्षीय अर्जुन थारूको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो
अर्को लेख च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

२०८१ फाल्गुन २२, बिहीबार १०:३७ गते
राष्ट्रियसमाचार

सामाजिक सुरक्षा योजना शुरू गर्दा धेरै व्यङ्ग्य र ‘ट्रोल’ सहनुपर्‍यो : प्रधानमन्त्री

२०८२ बैशाख १८, बिहीबार ११:२० गते
खेलकुदराष्ट्रिय

चितवनमा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य शुरु

२०८१ श्रावण २८, सोमबार ०७:४८ गते
राष्ट्रियसमाचार

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला

२०८२ श्रावण १२, सोमबार १३:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?