धनगढी – कैलालीको गोदावरी नगरपालिका ४ स्थित हनुमान मन्दिरको परिसरमा निर्माणाधीन अवस्थामा रहेको लव कुश बाटिकामा वृक्षारोपण गरिएको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बोट रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् । वृक्षारोपण कार्यक्रममा होलिल्याण्ड एकेडेमी स्कुलका विद्यार्थीहरुको सामुहिक उपस्थितीमा वृक्षारोपण गरिएको हो ।
रुद्राक्ष, आप, असोक, बेल, रक्तचन्दन, श्रीखण्ड, लिचि, धुपी, समी लगायतका बोटहरुको वृक्षारोपण गरिएको छ ।
हनुमान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र बहादुर साहीले रामायणमा आधारित लव र कुसको विशेष भूमिकालाई स्मरण गर्दै सम्झना स्वरुप स्थापना गरिएको लवकुस बाटिकाको परिसरलाई रमणीय एवं हरियाली बनाउने उदेश्य सहित वृक्षारोपण गरिएको बताएका छन् ।
उक्त क्षेत्रमा विभिन्न प्रजातीका उपयोगमुखी २ सय बढी बिरुवाको रोपण गरिएको हनुमान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र बहादुर शाहीले बताएका छन् ।





