यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १२:३६ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :देशभरका विभिन्न स्थानमा भएका पछिल्ला सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।

सिराहा, बाँके, बारा, नुवाकोट, रुपन्देही, पर्सा, नुवाकोट र बर्दिया जिल्लामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

सिराहा,नरहा गाउँपालिका-३ चौहर्वास्थित सडकमा स.१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र.१.०२.०५५ प ६१२३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स.१ प ९४६३ नम्बरको मोटरसाइकल चालक मिर्चैया नगरपालिका-१० बस्ने ४५ वर्षीय रघुबिर मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका प्र.१.०२-०५५ प ६१२३ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार १ जनाको लाईफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ।

बाँके, राप्तीसोनारी गाउँपालिका-७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय दिलबहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारा,फेटा गाउँपालिका-३ फेटा बजारस्थित सडकमा प्र.२-०३-००१ त २७७६ नम्बरको ट्याक्टरले बीआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी बारा, जीतपुर सिमरा उपमहानगरपालिका-२ स्थित सडकमा जीतपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एभरग्रीन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ।

यसैगरी बारा, महागढीमाई नगरपालिका-७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

नुवाकोट,बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित सडकमा प्र.३-०६-०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। प्र.३-०६-०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका-१ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

बर्दिया,बारबर्दिया नगरपालिका-५ बर्दियागाउँस्थित सडकमा भे.१२ प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ औरी बस्ने २२ वर्षीय बिनोद थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

मोरङ, बुढीगंगा गाउँपालिका-२ सक्मास्थित सडकमा प्रदेश १-०२-०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका-४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ कर्वोलास्थित सडकमा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मोटरसाइकल दुर्घटनामा एमाले नेता राइसहित २ जनाको मृत्यु
अर्को लेख १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

चितुवाको आक्रमणबाट बालिकाको मृ*त्यु

२०८२ जेष्ठ १४, बुधबार ११:५० गते
राष्ट्रिय

प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

२०८१ मंसिर ५, बुधबार ०७:५९ गते
राष्ट्रिय

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

२०८१ पुष ७, आईतवार १०:३२ गते
राष्ट्रिय

आज विश्व टेलिभिजन दिवस

२०८१ मंसिर ६, बिहीबार ०९:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?