यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार १५:०५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।

वार्ताका क्रममा नेपाली सेनाको जिम्मेवारी र सम्पादन गर्दै आएका कार्यबारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

त्यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आफ्नो सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षरोपण गरेका थिए। यस क्रममा भारतीय स्थल सेनाध्यक्षले टुँडिखेलमा रहेको सैनिक मञ्च वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गएको असार १६ गते सेनाध्यक्ष नियुक्त हुनुभएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । उनले भोलि प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सन् १९५० देखि नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ साल कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।

सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्त्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा हिजो काठमाण्डौं आउएका थिए।

अघिल्लो लेख विराटनगर किंग्सले छान्यो ‘ट्यालेन्ट हन्टबाट’ तीन उदयमान खेलाडी
अर्को लेख सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डोटीप्रदेशराजनीतिराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ

२०८१ असार १९, बुधबार २०:२३ गते
राष्ट्रियसमाचार

खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’

२०८२ बैशाख २१, आईतवार ११:३२ गते
राष्ट्रियसमाचार

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै, मनसुन देशभर फैलन अझै हप्ता दिन लाग्ने

२०८२ जेष्ठ २८, बुधबार १०:४१ गते
राष्ट्रियसमाचार

प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना

२०८२ भाद्र १९, बिहीबार ११:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?