यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १९, बिहीबार ११:११ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ।

ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो।

ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने प्रहरीको भनाइ छ।

प्रतिकूल असर पर्न जाने भएको हुँदा घर, परिवार र छिमेकीहरूको हितका लागि भन्दै प्रहरीले पालना गर्नुपर्ने नियम समेत उल्लेख गरेको छ। ‘राति अनावश्यक आवाज नगरौँ। फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, मेसेजमै संवाद गरौँ’, प्रहरीले अनुरोध गर्दै भनेको छ।

त्यस्तै अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, राती ढोकाको बेल नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न समेत भनिएको छ। यसैगरी बिहानको नित्यकर्मका क्रममा खोक्ने खकार्ने नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

त्यस किसिमका गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा १०० वा १०३ मा फोन गर्न सकिने बताइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलाली कारागार घटनाः सात ठाउँमा कैदीबन्दी स्थानान्तरण
अर्को लेख एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल सुपर लिगको फाइनलमा पुग्न आज पोखरा र धनगढी खेल्दै

२०८२ बैशाख १०, बुधबार ११:०१ गते
कञ्चनपुरसमसामयिक/राेचक

विदेशी पर्यटकले गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

२०८१ श्रावण १६, बुधबार १६:०६ गते
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

२०८१ फाल्गुन १७, शनिबार १२:०५ गते
खेलकुद

दोस्रो क्वालिफायरमा जनकपुरले टस जित्यो, कर्णालीलाई ब्याटिङको निम्तो

२०८१ पुष ४, बिहीबार १२:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?