यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दशैँ आयो है
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दशैँ आयो है
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

दशैँ आयो है

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ५, शनिबार १७:२३ गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

लबदेव धामी, धनगढी, अब नेपालका गाउँबस्तीमा दशैँ सुरु हुन जम्मा १५ दिन बाँकी छन्।

यति बेला गाउँबस्तीहरुमा मान्छे दिन दिनै बढ्दै गएका छन् , अझ भनु गाउँघरमा जमघट हुन थालेको छ । सायद लाग्छ अब गाउँ बस्तीमा शुन्यता छाउने छैन सधैँको लागि यी मान्छे गाउँमा फर्केका हुन् तर यसो पक्कै पनि हैन मात्रै यो भिडभाड र जमघट दशैँको लागि भन्दा मात्रै हो भन्दा फरक नपर्ला ।

बिस्तारै केहीँ दिनको लागि भए पनि यी सहर सुनसान हुने छन् , यहाँको चहलपहल कम हुने छ , अझ भनुँ मरो गाउँमा म आफैँ बर्ष दिन पछि गएर दशैँ मनाउने छु । 

विदेशीएका साथीहरुसँग मिठो भलाकुसारी गर्ने समय जुर्ने छ , खेतमा पाकेका धानबाली सरी सबैको मुखमा केही समयको लागि भए पनि पहेलो घाम लाग्ने छ । रातो टिका र जमरा जस्तै यो मन सफा हुने छ र दशैँको पिङसरी यो मन अझै चञ्चल चञ्चल हुँदै जाने छ । 

बुढा बाआमाको अनुहारमा आएको चाउरी पनि छोरा , छोरी वर्षौँ पछि घरको आगनमा देख्दा आफैँ  हराएको  महसुस गर्ने छन् । सायद उनीहरु पनि आफ्नो उमेर अझै आधा पनि नभएको महसुस गर्ने छन, किनकी अब दशैँ आएको छ ।

उसो त दशैँका १० दिन त हुन्, तर ती १० दिन १ वर्ष पछि सबैको लागि फर्केर आएका छन् । अर्थात् सबैको पिडा , वेदना , रोग , व्याधी , चिन्तासँगै बर्ष भरीको एक्लो पन समेत हटाउन आएका दिन हुन त्यसैले अरु दिन भन्दा यी १० दिन ज्यादै मूूल्यवान छन् । 

वर्ष भरीको खाइ नखाइ गरेको भोको पेटले आरम्सँग खान पाएको छ , यात्रुहरुको यात्राले विश्राम पाएको छ , गाउँले बुढा बाआमाका पखुराले पनि अराम पाएको छ , बालकले स्कुलको झोला बोक्दा बोक्दा लागेको थकाई मेटाउन पाएको छ , प्रदेशीले साहुको टोकाइ सुन्न परेको छैन् , कर्मचारीहरले सेवा ग्राहीको किच किच सुन्न परेको छैन् , सरकारले पनि शुभकामना मात्रै दिए पनि गुनासो नपाउने समय आएको छ , हो त्यसैले त दशैँ आएको छ । 

यति मात्रै कहाँ होर पुतली र माहुरीहरुले पनि त टन्न पारेर पेटै फुल्ने गरी फूलको रस चुस्न पाएका छन् । उता कोएलीको स्वरमा झनै संगीत भरिएर आएको छ , धुर्त कागहरु थाकेर बसेका छन् । हो यसैले सबैको लागि दशैँ आएको छ , फेरी १० दिन सबै रमाउने छन् । 

धार्मिक पुस्तकहरुमा लेखिए अनुसार माता दुर्गाले बेला बेला दुख दिने राक्षसहरुको नास गरेको खुसीयालीमा दशैँ मनाउने चलन चलेको मानिन्छ । यता जे लेखिएता पनि अधिकांशको नयाँ आयम थप्न र जीवनलाई नयाँ गति दिन एउटा विशेष समय बोकेको चाडपर्व दशैँ हो । 

कतिले दशैँ वर्ष दिनमा निको नौलो खान आएको हो भन्लान , कति घुम्न जान आएको हो भन्लान त कति भाइचारालाई अझ मजबुत बनाउन आएको हो पनि भन्लान यी सबै तर्क सही पनि छन् । दशैँ सबैको लागि थोरै समय भए पनि खुसी दिन आएको हो । यसमा जो जसरी खुसी हन्छन दशैँ त्यही तरिकाले मनाउछन् ।  

पछिल्लो समयमा दशैँ पनि फेरिएको छ , बुढा बाआमा भन्दा हामी जसरी फेरिएका छौँ , ती बुढा बाआमाले मनाउने दशैँ भन्दा हामीले मनाउदै आएको दशैँमा फरकपन पाइन्छ । 

यो पक्कै पनि राम्रो संकेत भने हैन , जसरी पछिल्लो समयमा जुवा खेल्ने , जाँडरक्सि सेवन गर्ने, जसरी पनि दशैँमा मासु खानै पर्ने , छिमेकीको भन्दा महङ्गा लुगा लगाउने , बढी दक्षिणा दिने परम्पराले आश्रय पाउदै आएको छ । यसले आज र भोली आउने नयाँ पुस्तालाई राम्रो सन्देश दिदैन , यो हाम्रो संस्कृति नभई संस्कृतिमा फैलिदै गएको विकृति हो । 

हाम्रा पुर्खाले मनाउँदै आएको दशैँमा गाउँ भरिका बुढापाखा , युवायुवति , तन्नेरी , बालक सबै एकै ठाउँमा भेला हुन्थे ,ठुला देखि सानालाई टिका लगाउथे ठुलाको आशिष लिने गर्थे तर आजभाली यो पनि कतै कतै फट्फुट रहेता पनि अधिकांश ठाउँमा आयातित संस्कार भनुँ या यी सहरीयाहरुको एकल काँटे संस्कार भनुँ दिन दिनै हावी भैरहेको छ । 

अब हाम्रो दशैँलाई कस्तो मनाउने र यी आउने पुस्तालाई कस्तो हस्तानतरण गर्ने यो सबै हाम्रो हातमा छ । त्यसैले दशैँ सबैको लागि दशैँ हुनु पर्छ नकि कसैको लागि दसा, कसैको लागि चारैतिर तमासा यो एकदमै हाम्रो मौलिकता माथिको ठुलो प्रहार मात्र हुने छ । अब हामीले दशैँलाई चड्किलो ,भड्किलो भन्दा पनि हाम्रो संस्कार , संस्कृति सहितको सभ्य र भव्य मनाउन लाग्नुपर्छ । 

लबदेव धामी धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आमसञ्चार र पत्रकारिता अध्ययन विद्यार्थी हुन् । सक्रिय रुपमा पत्रकारितासमेत गर्दै आइरहेका धामी समसामयिक विषयमा कलम चलाउने गर्दछन् ।

अघिल्लो लेख धनगढीमा लागूऔषधसहित २ युवती पक्राउ
अर्को लेख कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
विचार/ब्लग

ऊ पुरुष हो, त्यसैले ऊ कायर हो

२०८१ माघ ८, मंगलवार १३:०४ गते
विचार/ब्लग

नेपालीहरुलाई रक्सी पिउनै आउँदैन

२०८१ कार्तिक १७, शनिबार १२:१२ गते
विचार/ब्लग

चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड

२०८१ फाल्गुन १९, सोमबार १२:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?