यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: “कलम हैन, चाकडी चल्छ”
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: “कलम हैन, चाकडी चल्छ”
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २३, सोमबार २०:४८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

आज हामी पत्रकारिता भित्र एक यस्तो मोडमा आइपुगेका छौं, जहाँ सत्य लेख्नु अपराध बन्न थालिसकेको छ र झुट्टा गफ उचाल्नु प्रतिभा मानिन थालेको छ। पत्रकारिता अब कलम र आवाजको धर्म होइन, त्यो त पहुँच र पदको लिलामी स्थल जस्तै देखिन थालेको छ। हामी जसरी विभिन्न संगठनमा आबद्ध भयौं, आशा गरियो कि ती संगठनहरूले पत्रकारहरूको हकहितको रक्षा गर्लान्, निष्पक्ष रिपोर्टिङको संरक्षण गर्लान्, तर ती संगठनहरू आफैं शक्तिका दलाल बनेर नांगिएको छातामुनि नेताको जुत्ता पालिस गर्न थाले।

आफ्ना निजी स्वार्थ पूर्ति गर्न पत्रकारको नाममा खोलिएको संगठनहरू भित्र अब पत्रकार होइन, दलाल, चाकडीबाज र भाडाका जिब्रोहरू बस्न थालेका छन्। नीतिमा होइन नेताको झोलामा चासो राख्ने, विचारमा होइन आदेशमा रिपोर्ट लेख्ने, र तथ्यभन्दा पार्टीको टिसर्ट लगाएर घुम्ने पत्रकारको भीड बढेको छ। जनताको आँसुभन्दा नेताको हाँसो हेरेर हेडलाइन बनाउने प्रवृत्ति अब साधारण हुन थालेको छ। यस्तो लाग्छ – देश बर्बाद भए पनि फरक पर्दैन, तर नेता रिसाउन नपरोस्!

यी संगठनभित्रका केही व्यक्तिहरू पत्रकार होइनन् – उनीहरू मिडिया लाइसेन्समा ढोंग गर्ने ‘प्रवक्ता’ हुन्, जसले सत्ता र सत्ताका सन्तानको पखेटा मिचेर पत्रकारिताको मूल आत्मालाई चरम सस्तो बनाइरहेका छन्। कुनै रिपोर्टिङमा साँचो खोज्नु परे पत्रकारिता छाडेर साहित्य पढ्नुपर्छ जस्तो लाग्न थालिसकेको छ। किनकि आजभोलि रिपोर्ट हेर्दा स्रोत छैन, नाम छैन, प्रमाण छैन – छ त केवल ‘सुनिएको छ’, ‘भनेका छन्’, ‘स्रोतले बताएको’छ

आज पत्रकारिता संगठनहरू भित्र साँचो पत्रकारको पहिचान गुम्दै गएको छ। त्यहाँ विचार होइन, विचलन छ। त्यहाँ नेतृत्व होइन, दलालहरूको साम्राज्य छ। जसको मुखमा नेताको प्रशंसा छ, ऊ योग्य पत्रकार; जसले प्रश्न गर्छ, ऊ असहयोगी र अपमानित। जब पत्रकार भित्रैबाट जनताको आवाज दबाउने काममा लाग्छन्, तब त्यो केवल ‘संगठनको कलंक’ होइन, समग्र लोकतन्त्रको धोका हुन्छ।

न्यायका लागि कलम चलाउने पत्रकारहरू साइड लाइनमा छन्, जबकि नेताको जन्मदिनमा बधाई लेख्ने ‘देखावटी पत्रकार’ फ्रन्ट पेजमा छन्। यस्तो पत्रकारिता होइन, यो त प्रेसको पटके प्रयोग हो। आज नेता खुसी हुने शैलीमा समाचार लेखिन्छ – न त छानबिन, न त खोज पत्रकारिता; केवल ‘सेवा सूचनाको आवरणमा सत्ताको स्तुति’। के यस्तै हुनुपर्छ पत्रकारिता?

हाम्रो उद्देश्य नेता बनाउने होइन, नेता नियन्त्रण गर्ने हो। हामी वकिल होइनौं, मिडिया हौं — निर्णय होइन, तथ्य देखाउने काम गर्छौं। तर आजकल पत्रकारहरू आफैं जज बनेका छन अभियोग लगाउने पनि उनी, फैसला सुनाउने पनि उनी, अनि प्रमाण खोज्न जरुरी ठान्दैनन्।

अब यो कलम फेरि उठ्नुपर्छ – प्रश्न गर्नका लागि, खोज्नका लागि, जनताको पक्षमा बोल्नका लागि। संगठन भित्रैबाट आवाज उठाउनुपर्छ — कि हामी यो गिज्याइरहेको झुटको खेलमा सामेल छैनौं। हामी सत्यका पक्षधर छौं, जनताको सिपाही हौं, र हामी कलम चलाउने हरेक शब्दमा बाँच्नेछौं|

“पत्रकारिता जागिर होइन, जिम्मेवारी हो।
संगठन खोल्नेले मात्र होइन,
संगठनमा सत्य जोगाउनेले नै साँचो पत्रकार बन्छ।”

कर्ण धामी, धनगढी

ट्याग गरिएको:#featured
अघिल्लो लेख अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह
अर्को लेख रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सर्वोत्कृष्ट श्रृगार तर्फको अवार्ड लक्ष्मी चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२९ गते
कैलालीडोटी

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

२०८१ श्रावण ३२, शुक्रबार ०६:३५ गते
कैलालीराजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी आज विश्वासको मत लिँदै

२०८१ श्रावण १८, शुक्रबार ०९:५८ गते
कैलाली

धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्‍दा फिर्ता

२०८१ चैत्र २२, शुक्रबार २२:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?