यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलमा आत्मनिर्भर बनेको धनगढी निर्यातमा पनि सक्रिय
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फूलमा आत्मनिर्भर बनेको धनगढी निर्यातमा पनि सक्रिय
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

फूलमा आत्मनिर्भर बनेको धनगढी निर्यातमा पनि सक्रिय

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १४, बुधबार १४:३६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरले किसानलाई पुष्प व्यवसाय सम्बन्धी तालिम दिएको छ।

उपमहानगरपालिकाले धनगढी क्षेत्रभित्र रहेका पुष्प व्यवसायी कृषकलाई दुई चरणमा फूलको बुक बनाउने साथै गाडीमा र अन्य शुभ कार्यमा सजावट गर्ने तालिम दिएको हो।

गत सालदेखि उपमहानगरले धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेको र उक्त अभियान अन्तर्गत कृषकलाई तालिम दिएर उपमहानगरले आफ्नो लक्ष्य पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताएका छन्।

यस्तै कृषकको सहजताका लागि धनगढी उपमहानगरले फूलका लागि चिस्यान केन्द्र पनि बनाएको र त्यसको बिजुली र कर्मचारीको खर्च पनि उपमहानगर स्वयंले बेहोरिरहेको उनले बताएका छन्।

नगर प्रमुख हमालले भने, “हामी फूलमा आत्मनिर्भर मात्रै छैनौँ कि हाम्रो फूल उत्पादन खपतभन्दा बढी भएकोले हामीले त्यो फूललाई काठमाडौँ पठाइरहेका छौं।”

नगर प्रमुख हमालले यतिबेला धनगढी कृषकले उत्पादन गरेका फूल प्रयोग गरेर सहयोग गरिदिनका लागि आग्रह समेत गरेका छन्।

यस्तै गत साल कृषकले उत्पादन गरेको फूल खपतभन्दा बढी भएकाले व्यवस्थापनमा समस्या पर्न गएकाले किसानलाई फुसफुक व्यवसायबाट निराशा हुन नपरोस् भनेर उपमहानगरले किसानको फूल खरिद गरिदिएको उनले बताएका छन्।

उपमहानगर क्षेत्रका कृषकले उत्पादन गरेको फूल काठमाडौँ पढाउँदा हवाईजहाजको भाडा प्रति केजी २ सय पर्न जाने भएकाले उपमहानगरले एयरलाइन्ससँग समन्वय गरेर किसानको सहजताका लागि अहिले ९० रुपैयाँ प्रति केजीका दरले हवाईजहाज मार्फत फूल काठमाडौँ पठाइरहेको नगरप्रमुख हमालले बताएका छन्।

नगर प्रमुख हमालले भने, “एयरलाइन्स प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यो ९० मा पनि हामीले के गरेका छौं भने ५० रुपैयाँ धनगढी उपमहानगरले भाडामा अनुदान दिइरहेको र ४० रूपैयाँ सम्बन्धित किसानले व्यहोरिरहेका छन्।”

उनले थप्दै भने, “अब भारतबाट फूल मगाउनुपर्ने, कागजको फुल बनाउनुपर्ने, कपडाको फूल बनाउनुपर्ने आवश्यकता छैन। म के आग्रह गर्दछु भने कसैले पनि कागजको फूल प्रयोग नगर्नुस् र बेच्नेले पनि नबेचिदिनुस्। बरु हाम्रै किसानबाट लिनुस् थोक मूल्यमा लिएर खुद्रा मूल्यमा बेच्दा तपाईँलाई पनि फाइदा हुन्छ।”

व्यवसायी र आम नागरिकले धनगढी क्षेत्रका नागरिकबाट फूल खरिद गरेर यहाँको फूल व्यवसायलाई स्थापित गर्नका लागि सहयोग गरिदिनु हुन पनि नगर प्रमुख हमालले आग्रह गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज काग तिहार मनाइँदै
अर्को लेख डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

२०८१ पुष २, मंगलवार ०८:३९ गते
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

२०८१ श्रावण ३१, बिहीबार ०७:२२ गते
कैलाली

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक २९, बिहीबार १२:२३ गते
कैलालीराजनीति

सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह

२०८१ भाद्र ३, सोमबार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?