यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा धानबाली नकाट्न किसानलाई आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा धानबाली नकाट्न किसानलाई आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कञ्चनपुरमा धानबाली नकाट्न किसानलाई आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १०, बिहीबार १५:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर ।मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन् ।

बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरूले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, विपदमा खटिने विषयगत शाखाहरू,स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ ।

वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।

बाढी, डुबान र कटानको जोखिम देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकायमा खबर गर्नका लागि आग्रह गरिएको उनले उल्लेख गरे । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुबानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ ।

विपद्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत विष्टले बताए । तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपत्कालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरू जारी गरेका छन् ।

बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य सुरुआत गरेको छ । रासस

अघिल्लो लेख धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख अछामबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

टी-२० महिला विश्वपकको तालिका सार्वजनिक

२०८२ असार ५, बिहीबार १०:१९ गते
खेलकुद

एनपीएलमा जनकपुरको लगातार दोस्रो जीत, कर्णालीलाई ८ विकेटले हरायो

२०८१ मंसिर १७, सोमबार १७:४९ गते
राजनीति

खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले

२०८१ आश्विन ३०, बुधबार १७:५३ गते
राष्ट्रियसमाचार

झापामा ठूलो पानी परेपछि माईखोलाको बाढी बस्तीमा पस्यो : २२ घर डुबानमा

२०८२ जेष्ठ १७, शनिबार १०:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?