धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१८ तुल्सीबारी चोकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
कैलारी गाउँपालिका–६ का ४७ वर्षीय लेखराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१००९ प २०६२ नम्बरको मोटरसाइकल र जोशिपुर गाउँपालिकाका अनिस डगौँराले चलाएको सुदूरपश्चिम प्रदेश ०१०११ प ७६६८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर अनिसकी १७ वर्षीया छोरी अनिता चौधरी घाइते भएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





