यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलारीमा अस्पताल निर्माण अन्तिम चरणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार १४:२२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ ।

कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।

२०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको उनले बताए । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाख रहेको कलेलले जानकारी दिए ।

उनले निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको बताए । भवन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उनले अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

भवनमा अहिले रङगरोगन, फिनिसिङको काम भइरहेको सूचना अधिकारी कलेलले बताए । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत १८ करोड ५२ लाखमध्ये हालसम्म आधा रकम मात्र भुक्तानी भएको छ ।

बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चालु आर्थिक वर्षदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने सूचना अधिकारी कलेलको भनाइ छ ।

अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारतसम्म पुग्ने गरेका छन् । २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो । रासस

अघिल्लो लेख सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका देउवाको सम्भावना
अर्को लेख धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार

२०८२ आश्विन २६, आईतवार १०:१० गते
कैलाली

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार १०:३९ गते
कञ्चनपुरकैलालीसमाचार

कैलालीमा बालक र कञ्चनपुरमा बालिकाको पानीमा डुबेर मृ*त्यु

२०८२ जेष्ठ १५, बिहीबार १०:२६ गते
कैलाली

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

२०८१ माघ २८, सोमबार ०८:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?