यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको नोभा हस्पिटलमा किशोर मृत्यु प्रकरण : पुलिसद्वारा अश्रुग्यास प्रहार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार १५:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको नोभा अस्पतालमा तनाव भएपछि प्रहरीले कडा सुरक्षा तैनाथी बढाएको छ।

हिजोबाट एकजनाको मृत्युकाण्डका कारण तनाव भैरहेको नोभामा अहिलेसम्म पनि सहमति हुन सकेको छैन।

हिजो शुक्रबार जन्डिसको समस्या लिएर हस्पिटलमा भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर आफन्तहरुले अस्पतालमा तनाव सिर्जना गरेका हुन्।

सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गरेका थिए। त्यसपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए।

उनकाअनुसार अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरवितर भएका छन् भने अस्पतालले मृतक पक्षसँग वार्ता गरिरहेको छ। 

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको अवस्था जटिल बन्दै गएपछिसमेत अन्यत्र रेफर गरिएको थिएन। शुक्रबार अन्तिम समयमा आएर मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो। 

आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन्।

अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन।

मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख भारतमा करेन्ट लागेर दार्चुलाका एक जनाको मृत्यु
अर्को लेख धनुषामा रेलले च्यापिँदा एक युवक गम्भीर घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव

२०८१ मंसिर २७, बिहीबार ११:१२ गते
राष्ट्रिय

सरकारी कार्यालयका कर्मचारीलाई अब खाजा खान आधा घण्टा मात्र

२०८१ भाद्र २४, सोमबार ०६:३० गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृ*त्यु

२०८२ कार्तिक १५, शनिबार १२:५९ गते
कैलाली

नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह

२०८१ आश्विन २१, सोमबार १४:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?