दार्चुला –दार्चुलामा एक पुरुष मृत फेला परेका छन्।
जिल्लाको नौगाड गाउँपालिका–५ सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा नौगाड गाउँपालिका–३ खारका राईमल सिंह बोहराका ३५ वर्षीय छोरा मनवीर बोहरा मृत अवस्थामा फेला परेका हुन् ।
उनको शवलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको प्रहरी टोलीले पोष्ट–मार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको जनाइएको छ ।





