यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक किलो नुनको ११० रुपियाँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एक किलो नुनको ११० रुपियाँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

एक किलो नुनको ११० रुपियाँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ४, मंगलवार ०९:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला ।दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् ।

सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्छ । दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट वञ्चित छन् ।

दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन । करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको छ । भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।”

“खाने नुन मकरीगाडमा ५० रुपियाँ प्रतिकेजी पाइन्छ,” उनले भने । “६० रुपियाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता छ । खच्चड चल्ने बाटो स्थानीय सरकारले मर्मत नगरिदिँदा किनेको मूल्यभन्दा बढी ढुवानी भाडा तिर्नु परेको अर्का स्थानीय मञ्जु धामीले बताइन्।”

गाउँमा कक्षा ५ सम्मको मात्रै विद्यालय छ, सो विद्यालयमा पक्की भवन छैन । कक्षा ६ देखि विद्यार्थीलाई घुसा, खण्डेश्वरी पुग्न पूरै एक दिन लाग्छ । नजिकमा विद्यालय नहुँदा कि त विद्यालय छोड्नुपर्ने, कि त डेरा गरेर गाउँबाहिर विद्यालय पढ्नुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था नहुँदा उपचार नपाइने तथा सिटामोलका लागि समेत पूरै दिनभरि हिँड्नुपर्ने बाध्यता दैभातवासीमा छ । दैभातदेखि सकारसम्म झोलुङ्गे पुल निर्माण भए विद्यालय र स्वास्थ्य संस्था पुग्न एक दिनको बाटो एक डेढ घण्टामा छोटिने भएकाले पुल निर्माण अपरिहार्य रहेको स्थानीय प्रकाश धामीले बताए ।

दैभातमा अहिलेसम्म विद्युत् नपुग्दा बस्ती अन्धकारमा छ । जिल्लाभरि विद्युतीकरण भइरहेको भए पनि अहिलेसम्म दैभातमा बिजुली पुर्‍याउने कुनै सुरसार छैन । विद्युत् पोल ढुवानी गर्न समस्या भएकोले विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तारमा समस्या भएको स्थानीयको भनाइ छ ।

अघिल्लो लेख स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन
अर्को लेख पोर्चुगललाई बराबरी रोकेको क्रोएसिया अन्तिम ८ मा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा ९ जना जना जुवाडे पक्राउ

२०८१ पुष १२, शुक्रबार १०:०१ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते
दार्चुला

चोया निकाल्न गएका दार्चुलाका एक वृद्ध मृत फेला

२०८१ फाल्गुन १६, शुक्रबार १३:२५ गते
दार्चुला

दार्चुलामा चरेशसहित दुईजना पक्राउ

२०८१ मंसिर ७, शुक्रबार १०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?