धनगढी –कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा एक महिला मृत फेला परेकी छिन्।
जिल्लाको कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्ने शिवकुमार चौधरीको श्रीमती ३१ वर्षीया रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।




