यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीराष्ट्रिय

मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३, बिहीबार १२:११ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

पालो कुरेर बसे पनि पानी भर्न पाउने/नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।

एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमुना माविमा पानीको समस्याले शौचालय बन्द गर्नुपर्ने अवस्था आएकोे शिक्षक अर्जुन कुँवरले बताए । बजारमा डेरा गरेर बस्ने क्याम्पसका विद्यार्थीलाई पढाइभन्दा खानेपानी भर्नकै चिन्ता हुने गरेको प्रधानाध्यापक भीमसिंह धामीले बताए ।

पानी नहुँदा स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले बताए । यस स्वास्थ्य केन्द्रले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासम्मका बिरामीको उपचार सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य संस्थामा पानी नहुँदा उपचार सेवा पनि प्रभावित बनेको भनाइ केसीको छ । बर्खाको बेला झरी लागे पनि खानेपानीको हाहाकार नै मच्चिएको छ ।

मुहान घट्यो, जनसङ्ख्या बढ्यो

मेलौली नगरपालिकाको स्थापनासँगै काँडाबजार स्थानीय बजारका रूपमा विकास भएको छ । गाउँबाट बजारमा बसाइँ सर्नेको सङ्ख्या बढेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएसँगै बजार विस्तार हुँदा जनसङ्ख्या पनि बढेको छ ।

बजार क्षेत्रमा जनसङ्ख्या बढे पनि पानीको मुहान भने सुकेर घटेको बताइन्छ । १४ किलोमिटर टाढा रहेको ग्वाल्लेक वनको मुहानबाट मेलौलीको काँडा बजारमा पानी आउने गरेको छ । मुहानमाथि डोजर लगाएर सडक खन्दा मुहान सुकेको स्थानीय उपभोक्ता समितिका सचिव दशरथसिंह नायकले बताए ।

डोजरलगायत जथाभाबी रूपमा सडक निर्माण गर्दा खानेपानीका पाइपसमेत टुटफुट भएको उपभोक्ताले गुनासो गरेका छन् । भएको मुहान संरक्षण गरेर अर्को मुहानको पानी थप्न सके पानी आपूर्ति सहज हुने नायकले बताए ।

खानेपानी योजनाका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न निकायलाई हारगुहार गरिएको उनले बताए । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह मेलौली भ्रमणमा आएका बेला स्थानीयले खानेपानी योजनाको माग गरेका थिए ।

मुख्यमन्त्रीले खानेपानी योजना दिने आश्वासन दिए पनि प्रदेशबाट बजेट नआएको उपभोक्ता भोजराज भट्टले बताए । खानेपानीको समस्या समाधान गर्न नगरपालिकासँग पर्याप्त बजेट नभएकाले सङ्घीय सरकारलाई आग्रह गरिएको हो ।

खानेपानीका लागि आव २०८१/८२ को बजेटमा दुई करोड रुपियाँ बजेट विनियोजित भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । उनले भने, “सङ्घीय सरकारले दुई करोड रुपियाँ विनियोजित गरेको छ । नगरपालिकाबाट मुहानको खोजी भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत काम हुने भएकाले पानी आपूर्ति हुन एकरदुई वर्ष लाग्न सक्छ ।” उनले तत्कालका लागि दवानी मुहानबाट पानी लिफ्ट गरेर बजारमा पानी आपूर्तिका लागि पहल भइरहेको बताएका छन् । -गोरखापत्रअनलाइनबाट

अघिल्लो लेख डोटीमा रहेको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका
अर्को लेख बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात

२०८१ कार्तिक ३०, शुक्रबार १४:१० गते
राष्ट्रियसमाचार

रुपन्देहीमा रुखमा गाडी ठोक्किँदा ३ जनाको ज्यान गयो

२०८२ कार्तिक १२, बुधबार १५:४१ गते
राष्ट्रियसमाचार

रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद

२०८२ श्रावण ६, मंगलवार १२:४७ गते
राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

२०८१ आश्विन ११, शुक्रबार १२:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?