यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा रहेको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा रहेको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीराष्ट्रियसुदूरपश्चिम प्रदेश

डोटीमा रहेको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ३, बिहीबार १२:०१ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

दिपायल ।सुुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् ।

जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३ जना बालबालिका हुँदा निकै समस्या रहेको बताइन्छ ।

क्षमताभन्दा बढी बालबालिका भएका कारण व्यवस्थापनमा समस्या भएको बाल सुधारगृहका निमित्त प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताएका छन् ।

सुधारगृहमा ११ देखि २३ वर्षसम्म उमेरका बालबालिका छन् । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोग लागेका बालबालिकालाई सुधारगृहमा राख्ने गरिएको छ । यस बालगृहमा क्षमताभन्दा बढी बालबालिका भएपछि तराईका कैलाली र कञ्चनपुरका बालबालिकालाई बाँकेमा रहेको सुधारगृहमा पठाउने गरिएको छ ।

२०७५ सालअघि १६ वर्ष उमेर पार गरेका बालबालिकालाई कारागार पठाउने गरिन्थ्यो । बालबालिका ऐन २०७५ जारी भएपछि भने १६ वर्ष उमेर पार गरिसकेपछि पनि सुधारगृहमै राख्नुुपर्ने व्यवस्था गरिएको छ ।

कानुनी व्याख्या अनुुसार बालबालिकाको उमेर पार भइसकेपछि पनि सुधारगृहमा नै राख्नुुपर्ने भएकाले बालबालिकाको सङ्ख्या वृद्धि हुुँदै गएको निमित्त प्रशासकीय अधिकृत लिम्बूले बताए । बाल सुधारगृह पनि साबिकको महिला विकास कार्यालयमा राखिएको छ ।

यहाँ बालबालिकाका लागि सुत्ने व्यवस्थासमेत पर्याप्त छैन । उक्त भवनको हलभित्र सुत्ने व्यवस्था गरिएको छ । फराकिलो संरचना नहुँदा सुधारगृहका बालबालिका एकै स्थानमा कोचिएर बस्न बाध्य छन् ।

“बालबालिकाको चौतर्फी विकास हुने गरी सुधारगृहमा राख्नुुपर्ने हो,” सुधारगृहमा राखिएका अछामका एक बालकका अभिभावकले भने, “खेल्नका लागि मैदान छैन, बस्नका लागि उचित व्यवस्था छैन । आपसमा कुुटाकुुट गर्ने गरेको खबर आउँछ, सुधारगृह होइन यातना गृह जस्तै भएको छ ।” सुधारगृहका लागि भौतिक संरचना नै उपयुक्त नभएको गुनासो आउन थालेको छ । बालबालिका भाग्न सक्ने जोखिम पन उत्तिकै रहेको छ । भवन वरिपरि काँडेतार लगाई सुरक्षा दिने व्यवस्था गरिएको छ ।

सङ्ख्यात्मक रूपमा बालबालिका बढी भए पनि जेनतेन व्यवस्थापन भइरहेको सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । सुधारगृहका लागि फराकिलो व्यवस्थित संरचनाको आवश्यकता छ, खेल मैदानको अभाव छ, सुत्न कोठा, नुहाउन धारा, पानी र अन्य सामग्री छैनन् । क्षमताभन्दा बढी बालबालिका भए पनि जेनतेन व्यवस्थापन भइरहेको बताइन्छ ।

सुधारगृहमा जबरजस्ती करणी र कर्तव्यज्यान मुुद्दामा संलग्न बालबालिका धेरै रहेका छन् । जबरजस्ती करणी मुुद्दाका ३३, कर्तव्यज्यान मुुद्दाका १४, चोरी मुुद्दाका चार, सवारी ज्यान र आत्माहत्या दुरुत्साहनलगायत ५३ जना बालबालिका रहेका छन् । डोटी, अछाम, बझाङ, बाजुुरा, बैतडी, दार्चुला र डडेलधुरा जिल्लाका बालबालिका यहाँको सुधारगृहमा राख्ने गरिएको छ । देशभरमा जम्मा आठ वटा बाल सुधारगृह मात्र स्थापना भएका छन् । सोमध्ये डोटीमा रहेको यो सुधारगृह एक हो । गोरखापत्रबाट

अघिल्लो लेख टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु
अर्को लेख मेलौलीमा एक जर्किन पानी भर्न चार दिन कुर्नुपर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीबाट ठुलो मात्रामा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ श्रावण ४, आईतवार ०९:४६ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्रीमा ओलीको दाबी पेस

२०८१ असार २८, शुक्रबार २२:३५ गते
कैलाली

गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

२०८१ मंसिर १०, सोमबार ०९:२१ गते
कैलाली

धनगढीमा ट्रकको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

२०८१ कार्तिक ८, बिहीबार १७:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?