
धनगढी –बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका छन् ।
गाउँपालिकाको आर्थिक तथा पिसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएको छ । पहिला पुल नहुँदा बर्खाका समय खोला तर्न निकै समस्या हुन्थ्यो । खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीयले बताएका छन् ।
यतिबेला त्यो खोलामा पुल निर्माण भएपछि यहाँका बालबालिकालाई बर्खाको समयमा पनि विद्यालय जान निकै सहज भएको छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडा र २ जयवागेश्वरीको बिचमा पर्ने तारेदह खोलामा पुल आवश्यक रहेकाले २०७९र८० को आर्थिक वर्षमा ४५ लाख २८ हजार ९६२ रुपियाँ रकम विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष विसु नाथले बताइन् ।




