धनगढी – कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् ।
घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् ।
पछिल्ला केही दिनयता नियमित घाम लाग्न थालेकाले उनीहरूलाई धान काट्न र बाली भित्र्याउन सहज भएको छ ।
दसैँअगावै १० कट्ठा जमिनको धान काटेर भित्र्याइसकेको कैलारी गाउँपालिका–५, पवेराकी राधादेवी चौधरीले बताइन् ।
किसानले धमाधम धान काट्न सुरु गरे पनि पानीले भिजाउने डर किसानमा छ । उन्नत जातको धान धेरै अगाडि नै पाकेकाले खेतमा पानी सुक्न नपाउँदै हतारमा भित्र्याउनु परेको उनीहरूको भनाइ छ ।





