
धनगढी – दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।
खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिब ७ : ३० बजे परेको चट्याङ लागेर घाइते भएकी राजपुर गाउँपालिका–२, मटेरिया बस्ने करिब ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले बताएका छन् ।
वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।




