यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ३०, शुक्रबार १२:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ।

डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो।​ एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ।

त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन्।
गत वर्षदेखि साउन २७ सम्म, देशभर हैजाका ९९ हजारभन्दा बढी शङ्कास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन्।

साफ पानीको अभावले महामारी थप भयावह

हैजा प्रदूषित खानेपानी मार्फत सर्ने रोग हो, जसमा अचानक पखाला र अत्यधिक कमजोरी देखिन्छ। समयमै उपचार नपाए केही घण्टामै ज्यान जाने खतरा रहन्छ। यद्यपि, यो रोग नुनपानी घोल र औषधिको सहायताले सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ।

तर, सुडानमा जारी द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन्, जसले शुद्ध खानेपानी र स्वास्थ्य सेवा पहुँचबाट वञ्चित भएकाले रोग फैलन सजिलो भएको एमएसएफले जनाएको छ।

ताविलाको अवस्था अत्यन्त गम्भीर

उत्तरी दार्फुर राज्यको ताविला क्षेत्रमा करिब तीन लाख ८० हजार विस्थापित जनता अत्यन्तै कठिन अवस्थामा जीवन बिताइरहेका छन्। त्यहाँका प्रत्येक व्यक्तिका लागि दैनिक पानीको उपलब्धता केवल तीन लिटर रहेको छ, जुन आपत्कालीन मापदण्ड अनुसार आवश्यक ७।५ लिटरभन्दा आधा हो।

शिविरभित्र रहेका धेरैले फोहोर पानी पिउनु परेको छ, शौचालयको सुविधा छैन, बालबालिकाहरू खुला स्थानमा दिसा गर्न बाध्य छन्।

यस्तै दुःखद अवस्थाले हैजा अझ तीव्र रूपमा फैलिरहेको छ।

सुडान : विश्वमै सबैभन्दा धेरै हैजा मृ*त्यु हुने देश

विश्व स्वास्थ्य सङ्गठन अनुसार, पछिल्लो डेढ वर्षमा सुडान हैजाबाट सबैभन्दा धेरै मृत्यु भएको देश बनेको छ। त्यहाँको मृत्यु दर २.१ प्रतिशत रहेको छ, जुन विश्व औसतभन्दा २.५ गुणा बढी हो।

प्रकोप नियन्त्रणभन्दा बाहिर जान थालेको चेतावनी

खार्तुममा नियमित सेनाले नियन्त्रण लिएको भए पनि हाल पुनः दार्फुर क्षेत्रमा भिडन्त चर्किएको छ। अर्धसैनिक बलहरू एल–फाशर सहर कब्जा गर्न खोजिरहेका छन्, जसले स्थिति झनै जटिल बनाएको छ।

एमएसएफले चेतावनी दिँदै भनेको छ,’अहिले हैजा केवल शिविरहरूमा मात्र सीमित छैन, यो दार्फुरका विभिन्न स्थान हुँदै छिमेकी देशहरू–चाड र दक्षिण सुडानसम्म फैलिइरहेको छ।’

सुडानका लागि एमएसएफ प्रमुख तुना तुर्कमेनले भने,’यो केवल आपत्कालीन अवस्था होइन, महामारी नियन्त्रणभन्दा बाहिर गइसकेको छ। युद्धबाट बचेका नागरिकहरू रोकथाम गर्न सकिने रोगले मर्नु दुःखद हो।’

अघिल्लो लेख सुर्खेतमा १६ वर्षीया बालिकामाथि बलात्कार !
अर्को लेख धनगढीको कैलाली मोडेलमा बसन्ती मेमोरियल अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज विश्व टेलिभिजन दिवस

२०८१ मंसिर ६, बिहीबार ०९:१६ गते
राष्ट्रियसमाचार

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

२०८२ कार्तिक १५, शनिबार ११:५२ गते
कृषिराजनीति

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति थापाले लिइन् शपथ

२०८१ श्रावण १६, बुधबार १८:३६ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा भदौ २८ गते वक्तृत्व कला प्रतियोगिता हुँदै

२०८१ भाद्र २६, बुधबार २०:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?