धनगढी – डोटीमा बस दुर्घटना भएको छ।
धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।





