काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले भारतका लागि नेपाली राजदूतमा डा.शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपाली राजदूतमा डा.नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम शर्मा र तिम्सिनालाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।





