काठमाण्डौं :इण्डियन प्रिमियर लिग (आईपीएल्) अन्तर्गत बिहीबारपञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल रोकिएको छ।
पाकिस्तानले गरेको आक्रमणको बिचमा धर्मशालाको एचपीसीए मैदानमा भइरहेको सुरक्षाको कारण देखाउँदै खेल रोकिएको हो।
मैदानका सबै फ्लडलाइट निभाइएर सबै फ्यानहरूलाई मैदान खाली गर्न लगाइएको थियो। खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस् अय्यर अविजित रहेका थिए । प्रियांश आर्य भने ७० रन बनाएर आउट भएका थिए ।
खेल रद्द भएसँगै दुवै टोलीले एकएक अंक बाँडेका छन्।





