काठमाण्डौं :नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने चेतावनी दिएका हुन्।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो । जुन पुर्जीका आधारमा उनलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनु भएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’
त्यस्तै रास्वपा सांसद शिव नेपालीले पनि रेशम पक्राउ प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे। यसैगरी स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेसमेत रेशम पक्राउ प्रकरण रहस्यमय भएको बताए ।





