काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै छ।
सभापति रावि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।
यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो। बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने उनले बताइन्।





