जोशीपुर –कैलालीको जोशीपुर गाउँपालिकामा आधारभूत तह कक्षा ८ को सामुदायिक विद्यालयहरू को नतिजामा वडा नम्बर ७ घैला गाउँमा रहेको बीपी स्मृतिकी छात्रा पायल जोशी ४ जीपीए ल्याएर गाउँपालिकामा प्रथम भएकी छन् ।
उनि कक्षा ३ देखि सोही विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। विद्यालयका प्रधानाध्यापक अनुसार सानैदेखि मिहिनेती विद्यार्थी रहेको र विद्यालयको अथक प्रयासले उनी पालिका प्रथम भएको बताए ।
२०८० सालको आधारभुत कक्षा ८ को परिक्षामा समेत सोही विद्यालय पालिका प्रथम भएको थियो । निरन्तर शिक्षा क्षेत्रमा दिनप्रतिदिन गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पालिकाले अहिलेसम्म सम्मान भने गर्न सकेको छैन।





