यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १२, शुक्रबार १३:५० गते
SudarshanTelevision
3 मिनेटको
अलपत्र परेको खानेपानी ट्याङ्कीभित्र भेटिएको बाँदरको कङ्काल । तस्बिर सौजन्यः दत्तराम भट्ट
सेयर गर्नुहोस्

बैतडी ।गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै । ३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् । स्थानीयवासी आफ्नै भाग्यलाई दोष दिएर एक किलोमिटर टाढाको खोलाबाट पानीको जोहो गर्दै आएका छन् ।

सुर्नया गाउँपालिका–३, तडीगाउँमा आव २०७७/०७८ मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटमार्फत १२ लाख रुपियाँमा सो खानेपानी योजना सुरु भएको थियो । योजनाको नाम खालीगैर–तपोवन लिफ्ट खानेपानी राखिएको थियो । गाउँपालिकाले टेन्डरमार्फत अनिरुद्र निर्माण सेवालाई सात लाख रुपियाँमा भुक्तानी दिने सर्तमा योजनाको जिम्मेवारी दिएको थियो ।

क्रमागत भनिएको योजनाको अहिलेसम्म पाइपलाइन, लिफ्ट सामग्री र धारा निर्माण हुन नसक्दा ३५ हजार घनमिटरको ट्याङ्की अलत्र परेको स्थानीय राजेन्द्र भट्टले बताए । उनले, गाउँमा खानेपानीको हाहाकार भएका बेला ट्याङ्कीमा पानी नभएर बाँदरको जस्तो अस्थिपञ्चर भेटिएको बताए ।

तडीगाउँको कोयल्ला टोलका ४० भन्दा बढी घरपरिवार आधा घण्टा ओरालो खालीगैर झरेर जर्किनमा पानी बोक्नु पर्दा साह्रै मर्का परेको स्थानीय जानकी भट्टले गुनासो गरिन्। दैनिक पाँच सात खेप उकाली ओराली गरेर जर्किनमा पानी बोक्नु पर्दा ग्रामीण महिलाको दिनचर्या कष्टकर बनेको उनले बताइन् ।

गाउँ काकाकूल हुँदा पनि चार वर्षदेखि खानेपानी योजना अलपत्र परेको स्थानीयवासी दत्तराम भट्टले बताए । उनले खानेपानीको ट्याङ्कीभित्र पानी हेर्न जाँदा ढेडुवा बाँदरको जस्तो कङ्काल देखिएको बताए ।

प्रदेश सरकारसँगको साझेदारीमा समपूरक बजेटमार्फत खानेपानी योजना अघि बढे पनि पर्याप्त बजेट नआएका कारण योजना अलपत्र परेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले यो वर्ष प्रदेश सरकारसँग माग गरिने समपूरक योजनाको सूचीमा खानेपानी योजना समेटिने बताए ।

उनले भने, “यो योजना अघिल्लो स्थानीय सरकारका पालाको हो । यद्यपि एक घर एक धारा पानी पुर्‍याउने गाउँपालिकाको लक्ष्य नै हो । बजेट नहुँदा योजना अलपत्र परेको जानकारी पाएका छौं । यो वर्ष गाउँपालिकाबाट निर्णय गरेर योजना पूरा गर्न प्रदेशसँग बजेट माग गर्दैछौं ।” गोरखापत्रबाट

अघिल्लो लेख प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने
अर्को लेख शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

२०८१ कार्तिक २९, बिहीबार १९:१६ गते
बैतडी

बैतडीको पञ्चेश्वर र शिवनाथमा भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति गठन

२०८२ बैशाख ११, बिहीबार १२:१२ गते
बैतडी

बैतडीको पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

२०८१ मंसिर ६, बिहीबार ०८:३६ गते
बैतडी

बैतडीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ कार्तिक ८, बिहीबार १७:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?