यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडी प्रशासनमा दरबन्दीका अधिकृत नहुँदा समस्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडी प्रशासनमा दरबन्दीका अधिकृत नहुँदा समस्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडी प्रशासनमा दरबन्दीका अधिकृत नहुँदा समस्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ५, बुधबार ०९:३४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा शाखा अधिकृतको दरबन्दी पूर्ती नहुँदा समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दुईजना र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटमा एक गरेर तीन जनाको दरबन्दी रहेको भएपनि तीनै दरबन्दी खाली रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत शाखा अधिकृत रुद्रबहादुर पछाईको समेत घरमा समस्या हुँदा नियमित आउन सकिरहेका छैनन् । प्रमुख जिल्ला अधिकारी सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएकाले केही दिनमात्रै पछाई जिल्लामा रहने र फेरि काठमाण्डौं फर्किने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दरबन्दीका अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने, कार्यालयमा अधिकृत नहुँदा साह्रै समस्या भएको छ । कार्यालय छोड्न नमिल्ने अवस्था सिर्जना भएको छ ।’

जिल्ला प्रशासन कार्यालय अन्तर्गतकै इलाका प्रशासन कार्यालय हाटमा समेत अधिकृत नहुँदा नागरिकता वितरण कार्य प्रभावित भएको छ । इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाण पत्र वितरण, नाबालिग प्रमाणित लगायतका कार्यहरु रोकिएपछि स्थानीयहरुले सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको दुई महिना बढी भइसक्दा समेत दरबन्दी पूर्ती भएको छैन् ।

इलाका प्रशासन कार्यालयमा अधिकृत नहुँदा नागरिकता लिन चाहने नागरिकको कागजात संकलन गरेर सदरमुकाम पुर्याउने गरिएको छ । त्यसपछि सदरमुकामबाट नागरिकता लगेर वितरण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । ‘सदरमुकाम आउनैपर्ने बाहेकका नागरिकको हामीले कागजात संकलन गरेर नागरिकता जारी गर्ने गरेका छौं । तर पनि नागरिकलाई सास्ती भने भइरहेको छ ।’ उनले भने,अधिकृत नहुँदा प्रशासन कार्यालयबाट मैले समेत अन्यत्र कतै जान मिलेको छैन् । प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा सहभागिता जनाउनुपर्ने हुन्छ । तर कर्मचारी नहुँदा कार्यालय छोड्न मिल्दैन् ।’

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा दरबन्दी अनुसारका अधिकृत पठाउन गृह मन्त्रालयलाई पत्राचार र जानकारी गराएको भएपनि अहिले सम्म पदपूर्ती हुन नसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने ‘मैले यता आएपछि मन्त्रालयलाई जानकारी गराइसकेको छु । कार्यालयमा कर्मचारी अभावको कुरा पत्रमार्फत र मौखिक रुपमा भनेको छु । तर अहिलेसम्म पठाएको अवस्था छैन् । सगुनखबर

अघिल्लो लेख भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना
अर्को लेख रास्वपाको केन्द्रीय समिति बैठक आज पनि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

२०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
बैतडी

बैतडीमा शिविरले फर्कायो आँखाको ज्योति

२०८२ बैशाख ८, सोमबार १६:३१ गते
खेलकुदबैतडी

पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा

२०८१ कार्तिक १२, सोमबार १८:५८ गते
बैतडी

बैतडीमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या

२०८१ असार २९, शनिबार १९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?