यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

हरियाली धनगढी अभियानअन्तर्गत थप एक हजार ३६५ बिरुवा रोपियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १९, मंगलवार १०:०९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत धमाधम बृक्षारोपण गर्दै आएको छ।

यस क्रममा उपमहानगरपालिकाको वडा नम्बर १६ का सडक किनारामा एक हजार ३६५ बिरुवा रोपिएको छ।

तेस्रो चरणको खण्ड अन्तर्गत हरियाली प्रवर्धन र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यले सो वडाका भादा, घसिँटा, घुरही, बिउसा र रामपुरमा सडकको छेउमा ट्री गार्डसहित उक्त संख्यामा बिरुवा रोपिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बृहत् वृक्षारोपण अभियानमा सुरुदेखि नै आम नगरबासीलाई सहभागी बनाउने गरिएको बताए। उनले भने, ‘उपमहानगरपालिकाले वृक्षारोपण अभियान’ बोउट आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ। प्राप्त भएको रकम विरुवा र घेरबार खरिदमा खर्च गर्ने गरिएको छ।’ उपमहानगरपालिकाले हरियाली धनगढी सहर नारासहित गत आर्थिक वर्ष २०७९/८० बाट वृक्षारोपण अभियान अघि बढाएको हो।

अहिलेसम्म उपमहानगरपालिका भित्रको ६ लेन सडक, ट्राफिक चोकदेखि कैलालीपुलसम्मको बीच भाग (मेडियन) र दुवै किनारामा वृक्षारोपण भइसकेको छ। त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडक, सहिदगेटदेखि क्याम्पसरोड लगायतमा पनि वृक्षारोपण गरिएको छ। नगरभित्रका भित्री सडकहरूमा समेत बृक्षारोपण गरिएको छ।

रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली, ट्री गार्डको व्यवस्था गरिएको छ। रोपिएका विरुवामा नियमित रुपमा गोडमेल गर्ने, मल हाल्ने, सिँचाइ गर्ने काम भइरहेको छ। उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई आ–आफ्नो घर अगाडी रहेका बोटबिरूवाहरूको हेरचाह एवं सरक्षणका लागि हार्दिक अनुरोध गरेको छ।

अघिल्लो लेख गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ
अर्को लेख कञ्चनपुरमा ६ जना लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार १०:३९ गते
कैलालीबझाङ

बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा भेटिए

२०८१ मंसिर १०, सोमबार १०:२२ गते
कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८१ माघ ६, आईतवार १०:२० गते
कैलालीसमाचार

धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

२०८२ बैशाख २७, शनिबार १६:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?