यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

अटेर गर्ने ३२ दललाई कारबाही गर्दै निर्वाचन आयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २१, बुधबार १५:०४ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरुमध्ये ८२ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्।

अन्य ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन्। लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरुलाई आयोगले काराबाहीको तयारी गरेको थालेको छ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगकी प्रवक्ता निता पौडेल अर्यालले दलहरुले लेखापरीक्षण प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ ओटाले अहिलेसम्म नबुझाएको बताए। उनका अनुसार समयमै त्यस्तो प्रतिवेदन नबुझाउने दललाई कारबाहीको तयारीसमेत गरिएको छ।

उनले भनिन् ‘निर्वाचन आयोगले अडिट रिपोर्ट नबुझाउने दलहरुलाई जरिवाना गर्न काराबाहीको प्रक्रिया अघि बढाउँदैछौँ। अहिलेसम्म कांग्रेस, एमाले, माओवादी सहितका ८९ दलले मात्रै विवरण बुझाएको देखिन्छ।’

उनका अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरुले आयव्ययसहितको अडिट रिपोर्ट निर्वाचन बुझाएर सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। अहिलेसम्म दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय—व्यय विवरणअनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ। निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ।

एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ। आयोगका अनुसार उएमाले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिव ७ करोड वचत गरेको छ। यस हिसावले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो।

एमालेले यो शिर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ। त्यस्तै संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसावले नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि कमजोर देखिएको छ। काँग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ।

उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ। खर्च ४ करोड देखाएको छ। काँग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो। चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो। त्यस्तै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसावले पाँचौँमा देखिएको छ। माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ। माओवादीले ५३ हजार घाटाको हिसाव देखाएको छ।

त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको छ। रास्वपाको भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ।

अघिल्लो लेख अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ जना प्रहरीको जिम्मामा
अर्को लेख एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

केही व्यक्तिलाई जोगाउन समीकरण फेरियो : गृहमन्त्री लामिछाने

२०८१ असार १८, मंगलवार १९:०७ गते
राजनीति

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

२०८२ बैशाख २५, बिहीबार ०८:०० गते
राजनीति

सरकारको नीति तथा कार्यक्रम आज

२०८२ बैशाख १९, शुक्रबार १०:१० गते
राजनीति

भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : प्रचण्ड

२०८१ भाद्र ५, बुधबार १७:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?