यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २५, बिहीबार ०८:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपालका सीमानाका र विमानस्थलमा सुरक्षा निगरानी थप बलियो बनाउने निर्णय गरेको छ ।

भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको छ ।

भारतले पहलगाम आक्रमणमा संलग्न उग्रवादीहरूलाई पाकिस्तानको समर्थन रहेको आरोप लगाउँदै आएको छ, तर इस्लामाबादले यसको खण्डन गरेको छ ।

भारत सरकारको जबाफी कारबाहीबारे नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर यसले पार्नसक्ने प्रभावबारे नेपाल गम्भीर हुनुपर्ने आवाज संसद्मा उठेको छ ।

भारत र पाकिस्तान दुवै देश सम्मिलित दक्षिण एशियाली सहयोग सङ्गठन सार्कको अध्यक्षता हाल नेपालले गरिरहेको छ ।

यसअघि वैशाख ९ गते पहलगाममा भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेका थियो । तर हिजो बिहान भारतले पाकिस्तानको कश्मीर र पन्जाबका केही ठाउँमा गरेको क्षेप्यास्त्र आक्रमण तथा सीमा क्षेत्रमा भएको दोहोरो हमलाबारे नेपालले केही बोलेको छैन । भारत र पाकिस्तानबीच फेरि बढेको सैन्य तनावले क्षेत्रीय अशान्तिको चिन्ता थपेको छ । रासस

अघिल्लो लेख काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु
अर्को लेख पानी पर्न कम भएपछि देशैभर गर्मी बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९, बुधबार ०८:०५ गते
राजनीतिसमाचार

अनुसन्धान प्रहरी र सरकारी वकिलबिच समन्वय जरुरी छ : गृहमन्त्री

२०८२ जेष्ठ ३०, शुक्रबार १४:१८ गते
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

२०८१ चैत्र २६, मंगलवार १०:२४ गते
राजनीतिसमाचार

कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने

२०८२ मंसिर १५, सोमबार १०:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?