यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसाहित्य

कुडा कर्णालीको छैटौँ संस्करण आजदेखि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ५, सोमबार ०९:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सुर्खेत ।सुर्खेतमा कर्णाली उत्सवका रूपमा कर्णालीका कुडाको छैटौँ संस्करण आज (सोमबार) देखि सुरु हुँदै छ ।

फागुन ७ गते बुधबारसम्म सञ्चालन हुने सो उत्सवले कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव गराउने भन्दै ऋति फाउन्डेसनले सो उत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

आइतबार उत्सवबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन उत्सवलाई निरन्तरता दिइएको बताइएको छ ।

उत्सवका संयोजक कमल लम्सालले कर्णाली उत्सवको माध्यमबाट कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालिएको र यसले कर्णालीलाई केलाउँदै समृद्धि प्रदेश निर्माणका लागि नीति निर्मातालाई सुझाव दिने तथा सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गर्ने बताए ।

उनले विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीले उत्सवको महत्व बुझ्दै गएको, खुला समाज र लोकतान्त्रिक बहसलाई संस्कारका रूपमा विकास गरिएको र कुनै कामको सुरुवात विचारबाटै थालनी हुने भएकाले कुडा कर्णालीलाई यस पटक पनि निरन्तरता दिइएको उल्लेख गरेका छन् ।

यस्तै उत्सवमा संलग्न प्रकाश अधिकारीले उत्सवको धेरैजसो खर्च प्रस्तावना आह्वानका आधारमा र प्रायोजक तथा साझेदारले बेहोर्दै आएको जानकारी दिए । विगतमा बुलबुले उद्यानमा सञ्चालन भएको सो उत्सव यस पटकदेखि सिटी हलमा सञ्चालन हुने छ ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा शिक्षाबारे प्राज्ञिक बहस, पैकेलो, किस्सा तन्नेडीका, बैकिनी बोल्छिन्, देउडा साँझ, स्याउको सह, विद्वत प्रवचन, आसलाग्दो अर्थतन्त्र, छोरीको छहारी, टेको सङ्घीयताको, कर्णालीमा मधेश, चौघान चर्चा, कर्णाली कन्सर्टलगायत विविध विषयमा बहस र छलफल हुने छ ।

केही वक्ता काठमाडौँका रहेका छन् भने धेरैजसो वक्ता कर्णालीकै रहने जनाइएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्यो
अर्को लेख बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कार्यालय खोलेर अनलाइन ठगी, ९ जना भारतीय पक्राउ

२०८१ श्रावण २३, बुधबार १९:१० गते
राजनीति

सरकारको नीति तथा कार्यक्रम आज

२०८२ बैशाख १९, शुक्रबार १०:१० गते
साहित्य

बा!

२०८१ श्रावण ५, शनिबार १९:०३ गते
राष्ट्रिय

रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

२०८१ पुष ४, बिहीबार १४:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?