यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशराष्ट्रियसमाचार

आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २२, आईतवार १०:११ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं- आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो ।

यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

कति बेला देखिन्छ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ ।

यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

ग्रहण किन लाग्छ ?

खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

यसैगरी सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले फन्को लगाउने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेकिदिन्छ । सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा अँध्यारो हुन्छ । यो अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रग्रहण वा सूर्यग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । त्यसैले भन्ने गरिन्छ ग्रहणको बेला पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन । हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ ।

तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता खगोलीय घटनालाई वैज्ञानिक तरिकाले हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् । ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरु सुझाव दिन्छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ
अर्को लेख सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

२०८१ असार २९, शनिबार १९:०३ गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार

२०८२ भाद्र ८, आईतवार १६:१९ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

मानव अधिकारका विषयमा विशेष ध्यान दिन प्रदेश प्रमुख मियाँको सुझाव

२०८१ श्रावण १४, सोमबार १८:४१ गते
सुदूरपश्चिम प्रदेश

दसैं-तिहारको अवधिमा सुदूरपश्चिमा जुवातास खेल्ने ३ सय ९७ जना पक्राउ

२०८१ कार्तिक २१, बुधबार ०७:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?