टीकापुर –टीकापुर पार्कमा रहेको वीरेन्द्र विश्राम वाटिकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।
टीकापुर नगरपालिकाको पुस २२ गते बसेको ४५ औँ कार्यपालिका बैठकले गरेको निर्णयलाई नगरपालिकाको १६ औँ नगर सभाले अनुमोदन गरेको हो ।
नगरप्रमुख रामलाल डगौरा थारूले नगर सभामा पेस गरेको वीरेन्द्र विश्राम वाटिका पर्यटकका लागि खुला गर्ने र प्रवेश शुल्क २० रुपियाँ राख्ने निर्णय सभाले पारित गरेको छ । २०४३ सालमा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ वटा कोठा छन् ।
तत्कालीन राजा वीरेन्द्र बेला बेलामा सपरिवार यहाँ आएर बस्ने गरेको स्थानीयको भनाइ छ ।





