काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषदको अगुवाइमा आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन्।
बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे। मुलुकी अपराध संहिता, २०७४ ले बाल विवाहलाई दण्डनीय मानेको छ ।
भेटमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।





