यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार १५:०१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

राजविराज : सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ। सोमवार राति बुद्ध एयरले काठमाडौँ—राजविराज परीक्षण उडान गरेको हो।

दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो ।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए।

रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १०औँ विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए। पोखरामा अन्तरराष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भए पनि विस्तारै अन्तरराष्ट्रिय उडान गर्ने बताए।

कुनै पनि विमानस्थलमा सेवा विस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव पर्ने बताए। उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए।

‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो। यो दशौँ एयरपोर्ट बनेको छ। अब राजविराज छायाँमा पर्ने छैन। यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ‚ चलायमान बनाउनेछ‚’ उनले भने, ‘यसले अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव रहनेछन्। आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए।

उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए। रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे।

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीका लागि गौरवको क्षण भएको बताए। रात्रिकालीन उडान सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने उनले बताए।

‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो। यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरु, अग्रजहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भने, ‘हाम्रो सपना आज साकार हुँदै छ।’

अघिल्लो लेख कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी
अर्को लेख नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमसामयिक/राेचक

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२०८१ भाद्र २, आईतवार १३:०३ गते
राजनीति

पूर्व मन्त्री पदम राईको निधन

२०८१ मंसिर ९, आईतवार ०८:५४ गते
राजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका प्रदेश सभा सदस्य दिउँसै ‘टर्च’ बाल्दै

२०८१ श्रावण १४, सोमबार १५:५३ गते
राजनीति

भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने

२०८१ मंसिर २१, शुक्रबार ०९:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?